पहिरोमा पुरिएर मकवानपुरमा प्रहरी जवानको मृत्यु
मेरोन्यूज
२०८० साउन २७ गते ८:०७

हेटौंडा । मकवानपुरको भैँसेस्थित प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवानको पहिरोमा परिएर ज्यान गएको छ। ज्यान गुमाउनेमा जाजरकोटको शिवालय गाउँपालिका ८ घरभएका कृतिबहादुर नेपाली रहेका छन्।
भैँसे बजारबाट हेटौंडा बजारतर्फ मोटरसाइकलमा प्रहरी जवान नेपाली र सुनिल मेचे आउँदै गर्दा बिहीबार राति ११स्२५ बजे त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका १ स्थित हेटौंडा–भैँसे सडक खण्डको बुलबुलेमा माथिबाट पहिरो खस्दा उनी घाइते भएकोमा उपचारको क्रममा मृत्यु भएको हो।
अर्का घाइते प्रहरी जवानको हेटौंडा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
सम्बन्धित

















मतदाता शिक्षा कार्यक्रममा स्थानीय तहले यसरी गर्दैछन् समन्वय
गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति : सभापति थापा
चीनमा पटाका पसलमा विस्फोट हुँदा १२ जनाको मृत्यु
राष्ट्रपति पौडेल प्रजातन्त्र दिवस समारोहमा सरिक
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
खुल्यो तुम्लिङटार विमानस्थल
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
प्रतिक्रिया