श्यामबहादुर कार्की स्मृति प्रतिष्ठानद्धारा १०० बिधार्थीहरुलाई साम्रगी वितरण

भक्तपुर । श्याम बहादुर कार्की स्मृति प्रतिष्ठानले बिगतका बर्षमा भैं यस बर्ष भक्तपुरको बालकोटमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाली कांग्रेसका पूर्वनेता तथा शिक्षासेवी स्व कार्कीको १६ औं स्मृति दिवसको अबसरमा प्रतिष्ठानले खुल्ला रक्तदान एवंम स्टेसनरी सामग्री वितरण कार्यक्रमको अयोजना गरेको हो ।
नेपाली काग्रेसका महामन्त्री गगन कुमार थापाको प्रमुख अतिथ्यमा सम्पन्न भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्यदय दुर्लभ थापा र रमा पौडेल, मध्यपुर नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, चागुनारायण नगरपालिका मेयर जिवन खत्री, सुर्य बिनायक नगरपालिका वडा नम्बर २ का अध्यक्ष प्रदिप कार्की लगायतका उपस्थिती रहेको थियो ।
स्व. श्याम बहादुर कार्कीको तस्बिरमा माल्र्यापण गर्दै महामन्त्री थापाले कार्कीले शैक्षिक र राजनीतिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए भने वडा अध्यक्ष प्रदीप कार्की लगायतले श्यामबहादुर कार्कीको समाजप्रतिको योगदान र उनको संघर्षबारे चर्चा गरेका थिए । कार्यक्रममा ११० जनाले रक्तदान गरेको र गणेश आधारभुत विद्यालय बालकोटका १०० जना बालबालिकालाई झोला एवं स्टेसनरी सामान पनि वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिए ।
प्रतिष्ठानका अध्यक्ष कार्कीले रक्तदाताहरुलाई विशेष धन्यवाद दिदै आगामी दिन प्रतिष्ठानले शिक्षा तथा स्वस्थ्य क्षेत्रमा स्थानिय तह र सरोकार निकायहरुसग समेत सहकार्य गदै जाने बताए । रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाईटी भक्तपुर जिल्ला शाखा बालकोट उपशाखाको प्राबिधिक सहयोगमा संचालन भएको हो ।


















मतदाता शिक्षा कार्यक्रममा स्थानीय तहले यसरी गर्दैछन् समन्वय
गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति : सभापति थापा
चीनमा पटाका पसलमा विस्फोट हुँदा १२ जनाको मृत्यु
राष्ट्रपति पौडेल प्रजातन्त्र दिवस समारोहमा सरिक
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
खुल्यो तुम्लिङटार विमानस्थल
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
प्रतिक्रिया