रोनाल्डो आबद्द भएपछि अल–नासरले पहिलोपटक जित्यो अरब क्लब च्याम्पियन्स कपको उपाधि

साउदी अरब । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले अल–नासरले पहिलोपटक अरब क्लब च्याम्पियन्स कपको उपाधि जित्न सफल भएको छ । एक गोलले पछि परेको स्थिति उल्टाएर अर्को साउदी क्लब अल–हिलाललाई २–१ ले हराउँदै अल–नासरले उपाधि हात पारेको हो ।
पहिलो हाफ गोलविहीन बनेपछि दोस्रो हाफको सुरुवातमा नै अल हिलालले ब्राजिलियन खेलाडी माइकलको गोलमा अग्रता बनायो । तर, ७४ औँ मिनेटमा पोर्चुगिज खेलाडीले सुल्तान अल–घानमको पासमा गोल गर्दै खेल बराबरी गरे ।
यसअघि अब्दुलह अल–अमरीले रातो कार्ड पाएपछि अल–नासर १० खेलाडीमा सीमित बनेको थियो । यसका बावजुद अल–नासरले अल–हिलाललाई अतिरिक्त समयसम्म रोकेको थियो ।
अतिरिक्त समयमा रोनाल्डोले अर्को गोल थप्दै टोलीलाई जीत दिलाए । खेलको अन्त्यतिर भने रोनाल्डो घाइते हुँदै मैदान छाड्न बाध्य भएका थिए ।
गत सिजन रोनाल्डोले अल–नासरसँग उपाधि जित्न असफल भएका थिए । टोली साउदी प्रो लिगमा दोस्रो स्थानमा सीमित भएको थियो । तर, यसपटक ३८ वर्षीय खेलाडीले ६ गोल गर्दै प्रतियोगिताका शीर्ष गोलकर्ता बनेर टोलीलाई उपाधि दिलाउन सफल भएका छन् ।
















वीरगञ्जमा नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
वल्र्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’ मा इनड्राइभ आवद्ध
गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त
मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया