बिहीबार, फागुन ७, २०८२

एमालेले भन्यो- सुन तस्करी प्रकरणमा सत्ताकै मान्छेहरुको संलग्नता

मेरोन्यूज २०८० साउन २८ गते १३:४१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा सत्ता पक्षकै मान्छेहरुको संग्लनता रहेको बताएको छ । गत साउन २ गते त्रिभूवन विमानस्थलबाहिरबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको १०० केजी अवैध सुन तस्करी प्रकरणमा सत्ताकै मान्छेहरुको संलग्नता रहेको एमालेले आरोप लगाएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

पार्टी केन्द्रीय कार्यालयमा विशेष पत्रकार सम्मेलन गदै एमाले अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा एमालेले पार्टीको त्यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पछिल्लो राजनीतिक र समसामयिक घटनाक्रमबारे प्रेस वक्तव्य वाचन गर्दै सुन तस्करीमा सरकारकै संलग्नता रहेको जनाएका छन्।

‘सय केजी सुन तस्करी सत्ता संक्षित गम्भीर अपराध हो। उक्त तस्करीका लागि बाटो खोल्न विमानस्थलका सीसीटीभी फुटेज पनि तोडिएको छ’, एमालेले भनेको छ, ‘सुन तस्करीमा गृहमन्त्रालयको नेतृत्व जोडिएको छ। त्यसैले त्यही मन्त्रालयबाट छानबिन हुन सक्दैन भनेका हौँ।’

एमालेले ई(सिगरटे प्रकरणमा सत्तारुढ पार्टीका नेता ९कृष्णबहादुर महरा० माथि सोधखोज समेत नगरेकोमा आश्चर्य व्यक्त गरेको छ।

‘सत्तारुढ दलकै नेताको भूमिमा तस्करीमा जोडिएको प्रष्ट भइसक्दा पनि सरकार पक्राउ गरेर छानबिन गर्न तयार छैन’, एमालेले भनेको छ, ‘ललिता निवास प्रकरणमा मुख्य भूमिमा खेल्नेलाई आजका मितिसम्म बयानसम्म गर्न नसक्ने सरकारको भूमिकामाथि अनेक कोणबाट प्रश्न उठेका छन्।’

एमालेले सत्ताकै संरक्षमा तस्करी भएकाले उच्चस्तरीय समिति मागिएको जनाएको छ। ‘यस प्रकरणमा उच्चस्तरीय स्वतन्त्र र निष्पक्ष न्यायिक समिति बन्नुपर्छ। सत्तारुढ दलबाटै पनि उठाइएको विषय हो हो’, एमालेले वक्तव्यमा भनिएको छ,‘बरु उक्त छानबिन समितिमा सत्तारुढ दलका मान्छे पनि राखौँ।’

प्रतिक्रिया