चार जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन
मेरोन्यूज
२०८० साउन ३० गते १८:०३

काठमाडौँ । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरू परिवर्तन गरेको छ । मन्त्रालय मन्त्रीस्तरीय निर्णयबाट चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरिएको हो ।
सप्तरीका प्रजिअ भुपेन्द्र थापालाई चितवन सरुवा गरिएको छ । चितवनका प्रजिअ सुरेन्द्र पौड्याललाई नुवाकोट सरुवा गरेर नुवाकोटका प्रजिअ किरण थापालाई सप्तरीको प्रजिअ बनाएर पठाइएको छ ।
धनुषाका प्रजिअ काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशक बनाइ कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणि पाण्डेलाई धनुषाको प्रजिअ बनाएर पठाइएको गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जानकारी दिएको छ ।
सम्बन्धित










घरमा ढुङ्गा खस्दा हुम्लामा चार जना घाइते
एमाले महाधिवेशन : ४ सय मत खस्यो
सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा : प्रधानमन्त्री कार्की
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
युके पठाउने भन्दै ५२ लाख ठगी गर्ने एक जना पक्राउ
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया