फास्ट ट्याकको डीपीआर संशोधन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक)को विस्तृत परियोजना रिपोर्ट (डीपीआर) संशोधन गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले द्रुत मार्गको डीपीआर परिवर्तन गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए । डिपिआर परिवर्तन भएसँगै करिब २ अर्ब लागत घट्ने बताइएको छ ।
‘द्रुत मार्गको डीपीआर संशोधन गर्ने निर्णय भएको छ । डीपीआर संशोधनले एकदेखि डेढ किलोमिटर लम्बाइ घटेको छ भने सुरुङको संख्या बढ्ने भएको छ । त्यस्तै लागत पनि करिब २ अर्बले घट्ने भएको छ,’ बैठकपछि साउदले भने ।
डीपीआर परिवर्तन गरिएपछि द्रुत मार्गका केही घुम्ती कम भएर सिधा हुनेछ ।
निर्माण सुरु भएको ६ वर्ष पूरा भइसकेको द्रुतमार्गको लम्बाई ७२.५ किलोमिटर छ । द्रुतमार्ग निर्माणमा ५२ अर्ब ८९ करोड रुपैयाँ खर्च भइसकेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत ३ अर्ब ६७ करोड र सेनाले निर्माण जिम्मा लिएपछि ४९ अर्ब २२ करोड रुपैयाँ खर्च भएको हो ।
















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी
दैनिक प्रयोगका लागि उपयुक्तः रेडमी बड्स एट एक्टिभ नेपालमा
१७ अंकले घट्यो नेप्से
विपद् आउनु अघि व्यवस्थापनको तयारीमा जुट्न निर्देशन
नेशनल लाईफ र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच मेडिकल सेवा सम्झौता
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
यूएईसँगको खेलमा नेपाल पराजित
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
प्रतिक्रिया