उच्च तहका सबै नेताको सम्पत्ति छानबिन हुन्छः कानुनमन्त्री

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले उच्च तहका सबै नेताको सम्पत्ति छानबिन हुने बताएका छन्।
शुक्रबार नेपाल निजामति कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा मन्त्री गुरूङले राजनीतिक दलका नेता र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्ने विषय सरकारको नीति तथा कार्यक्रममै उल्लेख भएको बताए । उनले त्यसलाई कार्यान्वयन गर्न अब सरकार अग्रसर हुने बताए ।
‘देखाउन होइन, कार्यान्वयन गर्न नै न्यूनतम साझा कार्यक्रममा लेखेका हौं,’ उनले भने, ‘र्ने हो । त्यसकारण उच्च तहका नेता सबैको सम्पती छानबिन गर्ने दिशातर्फ अब सरकार अघि बढ्छ।’
मन्त्री गुरूङले साधारण हेलचेक्रयाइँले मात्रै विमानस्थलबाट त्यति ठूलो परिमाणमा सुन बाहिरिन नसक्ने बताए। त्यसमा ठूलै मान्छैको संलग्नता हुनसक्ने र प्रहरीले त्यसबारेमा छानबिन गरिरहेको उनले बताए।
सरकार सुशासन कायम गर्न प्रतिबद्ध भएर अगाडि बढेको पनि मन्त्री गुरूङले बताए।
















युद्धविराम लम्बिँदा तनाव यथावत्
विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
प्रतिक्रिया