बाल यौन दुर्व्यवहार मुद्दामा प्रधानाध्यापक धमलालाई नौ महिना कैद

ओखलढुंगा । ओखलढुङ्गामा बाल यौन दुर्व्यवहार मुद्दामा प्रधानाध्यापकलाई नौ महिना कैद सजायको भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–२ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यपक योगेन्द्रप्रसाद धमलालाई जिल्ला अदालतले नौ महिना कैद सजाय तोकेको हो ।
दुई छात्रालाई यौन दुर्व्यवहार गरेको कसुरमा धमलाविरुद्ध दायर मुद्दामा जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको इजलासले आफूले पढाएका बालिकालाई यौन दुर्व्यवहार गर्ने धमलालाई नौ महिना कैद सजायसहित ५० हजार क्षतिपूर्ति र २० हजार जरिवाना असुलउपर गर्नुपर्ने फैसला गरेको स्रेस्तेदार विनोदकुमार घिमिरेले जानकारी दिए ।
गत चैत ३ गते बालिकाका आफन्तले प्रधानाध्यापकविरुद्ध प्रहरीमा बाल यौन दुव्र्यवहारको आरोपमा जाहेरी गरेपछि प्रहरीले पक्राउ गरी जिल्ला अदालतको आदेशबमोजिम साधारण तारेखमा छोडिएको थियो ।
साधारण तारेखमा छुटेपछि विद्यालयको नियमित काममा फर्किएका धमलाविरुद्ध गत साउन २९ गते सजाय सुनाएको थियो ।















नबिल बैंकले १६ स्थानमा सीपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
धूम्रपान नियन्त्रणका लागि बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ
प्रहरी प्रतिष्ठान नसार्ने सरकारको निर्णय
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया