महिला विश्वकपको तेस्रो स्थानका लागि अस्ट्रेलिया र स्विडेन भिड्दै

काठमाडौं । फिफा महिला विश्वकपको तेस्रो स्थानका लागि आज अस्ट्रेलिया र स्विडेन प्रतिस्पर्धा गर्दैछन् ।
अष्ट्रलियाको क्विन्सल्याण्डस्थित सनकर्प स्टेडियममा नेपाली समयअनुसार दिउँसो पौने दुई बजे खेल सुरु हुनेछ ।
स्विडेनको विश्वकप जित्ने सपनालाई स्पेनले समाप्त गरेको थियो भने दोस्रो सेमिफाइनलमा सह-आयोजक अस्ट्रेलिया टाई ब्रेकरमा इंग्ल्यान्डसँग स्तब्ध भएको थियो ।
समूह चरण पार गरेपछि स्पेनसँग सेमिफाइनलको भिडन्त तय गर्न स्विडेनले दुई पूर्व विजेता अमेरिका र जापानलाई नकआउट गरेको थियो । सन् १९९१, २०११ र २०१९ को विश्वकपमा तेस्रो स्थान हासिल गरेको स्विडेन चार पटक तेस्रो स्थानको प्लेअफ खेल्ने पहिलो टोली बन्दै छ ।
स्विडेनका प्रशिक्षक पिटर गेर्हार्डसनले स्विडेनलाई तेस्रो स्थान मात्र हासिल गर्न सक्ने टोलीको ट्याग लागे पनि आफ्नो टोलीको चाहना त्यो नभएको तर खेलाडी र प्रशिक्षकको रुपमा आफूले हरेक नतिजालाई सहर्ष स्वीकार गर्ने बताएका छन् ।
घरेलु समर्थकमाझ चिरपरिचित प्रतिद्वन्द्वी इंग्ल्यान्डको भेट पक्का गर्न अस्ट्रेलियाले पनि प्रभावशाली सुरुवात गर्यो । नटकआउट चरणमा डेनमार्कलाई २–० ले पराजित गर्दा क्वार्टरफाइनलमा फ्रान्ससँग पेनाल्टी सुटआउटमा नाटकीय जित हात पारेको थियो ।
महिला विश्वकपको उपाधिका लागि स्पेन र इंग्ल्यान्डबीच भोलि भिडन्त हुनेछ । फाइनल खेल भोलि अपराह्न पौने चार बजे हुनेछ ।
















पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानी : विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ
संविधान संशोधन कार्यदलले पूर्वमहान्यायाधीवक्ताहरुसँग छलफल गर्दै
विद्युत् सेवाको पहुँचले फेरियो खैराङवासीको जीवनशैली
सुनचाँदीको मूल्य व्यापक वृद्धि, आज कारोबारको मूल्य कति ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया