प्रतिनिधि सभा मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित
मेरोन्यूज
२०८० भदौ ३ गते १५:१४

काठमाडौं । प्रतिनिधि सभा भदौ ५ गते (मंगलबार) दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ। आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको हो ।
आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको दलहरुको बैठकले सहमतिको लागि भोलि अर्को बैठक बस्ने निष्कर्ष निकालेको छ। बैठक सहमति उन्मुख भएको र भोलिको बैठकबाट सहमति निस्किन सक्ने रास्वपाका सभापति रवि लामिछानेले बताए।
सुन तस्करी प्रकरणमा छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी एमालेको माग र नियमित प्रक्रियाबाटै छानबिन हुन दिनुपर्ने सरकारको अडानका बीच एमालेले साउन १० गतेदेखि सदन अवरुद्ध गर्दै आइरहेको छ।
आइतबारै सभामुख देवराज घिमिरेले दलहरुका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका थिए।

सम्बन्धित

















Slight decline in gold, silver prices
अन्नपूर्णबाट करिब चार करोड मूल्यबराबरको सुन्तला बिक्री
4 dead in crashes involving over 30 vehicles in ‘brown out’ conditions on Colorado interstate
२२ करोड पैतालिस लाख राजस्व सङ्कलन
Vice President Yadav’s best wishes on Gyalpo Lhosar
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर ८ मा
प्रतिक्रिया