सोमबार, मंसिर २९, २०८२

नारायणी नदीमा डुबेर पुलामीको मृत्यु

मेरोन्यूज २०८० भदौ ३ गते १९:४९

नवलपरासी । नारायणी नदीमा डुबेर देवचुली नगरपालिका–११ का २० वर्षीय मङ्गलसिंह पुलामीको मृत्यु भएको छ । नवलपरासीको कावासोतीस्थित नारायणी नदीमा माछा मार्न गएका पुलामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

शनिबार दिउँसो माछा मार्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका पुलामीको आइतबार शव फेला परेको तिवारीले बताए । घटनास्थलबाट शव निकालेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको प्रहरी उपरीक्षक तिवारीले बताए ।

साथीसँग माछा मार्न गएका पुलामी बेपत्ता भएपछि हात्तीसमेत परिचालन गरी खोजी गरिएको थियो । ‘पुलामीसँगै डुबेका अर्का एक युवकको तत्कालै स्थानीय माझीले उद्धार गरेका थिए,’ उनले भने, ‘स्थानीयवासीको सहयोगमा पुलामीको शव फेला पारिएको हो ।’

लोकाह खोला र नारायणीको दोभानमा माछा मार्न नदीमा जाल फाल्दा पुलामी लतारिएर रहमा डुबेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया