सोमबार, मंसिर २९, २०८२

त्रिशुलीमा बस खस्दा ८ जनाको मृत्यु (अपडेट)

मेरोन्यूज २०८० भदौ ६ गते १२:३०

काठमाडौं । त्रिशुलीमा खसेको बसमा यात्रा गरिरहेका ८ जनाको निधन भएको छ । बस काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको थियो ।

उक्त बस बिहान ११ बजे धादिङको गजुरी २, चालीसे झरना नजिकैबाट त्रिशूली नदीमा खसेको हो ।

जसमा परी ८ जनाको मृत्यु भएको प्रहरीको भनाई छ।

धादिङका जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा ८ जनाको मृत्यु भएको हो।

मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्।

घाइते ८ जनाको उद्धार भएको छ। घाइतेमध्ये पाँच जनालाई काठमाडौं पठाइएको बताइन्।

थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया