सत्ता र प्रतिपक्षबीच सहमति
संसद् आजैदेखि खुल्ने, सुन तस्करीबारे असोज ५ मा छानबिन समित गठन गर्ने

काठमाडौं । सत्ता र प्रतिपक्षीबीच संसद्को जारी गतिरोध फुकाउन सहमत भएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विगत एक महिनादेखि संसद्मा जारी राखेको अवरोध आजदेखि खोल्न सहमत भएको छ ।
सत्ता पक्ष प्रमुख प्रतिपक्षी दल एमालेको मागका आधारमा सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठनका लागि तयार भएपछि संसद्मा जारी अवरोध आजदेखि खुल्न लागेको हो ।
‘दलहरूबीच व्रेक शुमा भएको सुन तस्करी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले निश्पक्ष छानबिन गर्नेछ, उसैले अभियोजन गर्छ, अर्काे इलेक्टिोनिक सिगरेटमा भएको सुन तस्करीलगायतमा निश्पक्ष छानबिन गर्न असोज ५ गते उच्चस्तरीय छानबिन समिति गठन गर्ने र त्यसैदिनबाट काम गर्ने सहमति भएको छ,’ कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकपछि सञ्चारकर्मीहरूसँग बताए ।
त्यो आयोगलाई तीन वटा टिओआर हुने उनले बताए । कानुनमा समस्या छ भने त्यसको सुझाव दिने, संरचनागत समस्या छ भने त्यसमा पनि हेर्ने र पटक पटक भएका सुन तस्करीका बारेमा पनि आयोगले अध्ययन प्रतिवेदन दिने बताए ।
नेपाल सरकारले आयोग गठन गर्ने सहमति भएको छ ।
एमालेका प्रमुख सचेतक पदम गिरिले भेपमा भएको सुन तस्करी लगायतका सवै विषयमा छानबिन गरि प्रतिवेदन दिने गरि छानबिन समिति बनाउने समझदारी भएको बताए । उनले यसलाई ठूलो उपलब्धी भएको बताए ।
संसद आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । यो प्रकरणकोअ हिले प्रहरीको केन्द्रीय ब्यूरो सीआइबीले अनुसन्धान गरिरहेको छ । सीआइबीको अनुसन्धान प्रभाबित नहुने गरि सत्ता र प्रमुख प्रतिपक्षी दलका बीचमा यो प्रकरणको अध्ययन गर्न अलग्गै छानबिन समिति बनाउने सहमति भएको हो ।
त्यसको कार्यविधि र कार्यक्षेत्र लगायतका विषयमा मस्यौदा तयार गर्नका लागि सुवास नेम्वाङ, रमेश लेखक र हितराज पाण्डे रहेको कार्यदल पनि गठन गरिएको थियो । उक्त कार्यदलले दिएको सुझावका आधारमा शीर्ष नेताहरुले कार्यविधि र कार्यक्षेत्र टुंग्गो शीर्ष नेताहरुको बैठकमा लगाइएको हो ।
यो सहमतिपछि प्रम्ुख प्रतिपक्षी दललेअ ब सदन चल्न दिनेछ ।
साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ६१ किलोभन्दा बढी सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । उक्त तस्करी प्रकरणको छानबिन माग गर्दै साउन १० यता संसद्का दुवै सदनमा एमालेले अवरोध जारी राखेको छ ।
संसद्को अवरोध खुलाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिन यता निरन्तर राष्ट्रिय मान्यता प्राप्त दलहरुका बीचमा छलफल गदैं आईरहेका थिए ।
बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री तथा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, रास्वपाका उपाध्यक्ष डीपी अर्याल, प्रमुख सचेतक सन्तोष परियार, कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, जसपाका प्रमुख सचेतक प्रदीप यादव, राप्रपाका नेता बुद्धिमान तामाङलगायतको उपस्थिति रहेको थियो ।
सरकार सुन तस्करीको छानबिन गर्नका लागि समिति गठन गर्नका लागि तयार भएको छ ।


















Forest fire prevention campaigns initiated in Bhojpur
गण्डकीका १४ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने
९५५ केजी गाँजासहित दुई जना पक्राउ
Hridayachandra Memorial Award conferred on Ram Binaya
16 days left to go for elections: Number of candidates opening bank account on rise
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
शेख हसिनाको विज्ञप्ति: बंगलादेशको निर्वाचन ‘पूर्वनियोजित छल र प्रहसन’
प्रतिक्रिया