भारतको चन्द्रयान-३ चन्द्रमामा सफलतापूर्वक अवतरण

काठमाडौँ । चन्द्रयान–३ को ‘ल्याण्डर मोड्युल’ चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेको छ । चार वर्षअघि चन्द्रयान–२ को दुर्घटनाग्रस्त अवतरणको निराशाको अन्त्य गर्दै चन्द्रयान–३ लाई चन्द्रमाको दक्षिणध्रुबमा अवतरण गराएर ऐतिहासिक सफलता रच्न सफल भएको छ ।
यो ध्रुबमा पुग्ने भारत पहिलो देश बनेको छ । चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गर्ने अमेरिका, चीन र रूसपछि भारत चौथो देश बनेको छ ।
भारतीय अन्तरिक्ष एजेन्सी इसरोको बेङ्गलोरस्थित मुख्यालयका अधिकारीहरूले चन्द्रयान–३ मार्फत् पठाइएको ल्याण्डर मोड्युल विक्रमले आफ्नो अवतरण स्थलतर्फ आफ्नो ठाडो अवतरण सुरु गरेपछि ताली बजाएर खुशी मनाएका थिए ।
‘भारत चन्द्रमामा पुगेको छ ।’ जोहानेसबर्गमा आयोजित १५औं ब्रिक्स शिखर सम्मेलनमा भाग लिइरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक्स (ट्वीटर) मार्फत् जानकारी दिएका छन् ।
विक्रमको चन्द्रमाको कक्षबाट अवतरणको यात्रा १५० मिटर, त्यसपछि १३० मिटर, ५० मिटर र चन्द्रमाको सतहमा पुग्नुअघि चन्द्रमानजिक आइपुग्दा तह अनुसार यसको गति घट्दै गएको थियो । विक्रम ल्यान्डरले प्रज्ञान रोभरलाई लिएर चन्द्रमाको सतहमा अवतरण गरेको हो । यो भारतका लागि अन्तरिक्ष यात्राको ठूलो फड्को हो ।
भारतले पृथ्वीको एक मात्र प्राकृतिक उपग्रहको दक्षिणतर्फ अवतरण गर्ने पहिलो देशको रूपमा रेकर्ड बनाएको छ । भारत र विश्वभरका अरबौं मानिसहरूले बहुप्रतिक्षित कार्यक्रमलाई नजिकबाट नियालिरहेका छन् ।
विद्यालय र विज्ञान केन्द्रहरू, र सार्वजनिक संस्थानहरू सहित देशभर अवतरणलाई विशेष स्क्रिनिङहरू जडान गरी हेरिएको थियो । इसरोले आफ्नो वेबसाइट, यसको युट्युब च्यानल, फेसबुक र सार्वजनिक प्रसारक डीडी नेशनल टिभीमा लाइभ कार्यहरू उपलब्ध गराएको थियो ।
चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को अवतरण (सफ्ट ल्यान्डिङ)का लागि २३ अगस्ट २०२३ (बुधबार) भारतीय समय १८ः०४ बजेलाई निर्धारण गरेको थियो । निर्धारित समयमा नै अवतरण भएको हो ।
इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले गत असार २९ गते दक्षिण भारतको आन्ध्र प्रदेशस्थित सतिश धावन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो । ‘एलभीएम–३’ रकेटले अन्तरीक्षयानलाई अन्तरिक्षमा पु¥याएको थियो ।
भारतले अन्तरिक्षयानलाई चन्द्रमाको अर्बिट (कक्ष) मा सफलतापूर्वक पु¥याएको यो तेस्रो पटक हो । इसरोले यसअघि नै अगस्ट ५ मा ‘चन्द्रयान–३’ चन्द्रमाको कक्षमा पुग्ने बताएको थियो ।

















गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
‘UAE always ready for humanitarian aid’
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैंक खाता
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
विश्वकप : सुपर-८ मा आज वेस्ट इन्डिज र जिम्बावे भिड्दै
प्रतिक्रिया