वृश्चिक राशिकाे आज सोचेको काम पूरा हुने, अरुकाे कस्ताे छ भाग्य ?

काठमाडाैं । आज भदाै ८ गते शुक्रबार । साउन शुक्ल नवमी । पञ्चाङ्ग : वैधृति बालव अनुराधा । अगस्ट २५ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष- स्वास्थ्य बिग्रन सक्छ। घरपरिवारमा आकस्मिक घटना घट्ने सम्भावना छ । केही दुःखद समाचार प्राप्त हुनेछ । व्यापारमा घाटा बेहोर्नु पर्नेछ। सवारी साधन आदि सावधानीपूर्वक प्रयोग गर्नुहोला ।
वृष- आजको दिन तपाईको लागि राम्रो रहनेछ । केहि नयाँ काम सुरु गर्न सक्नुहुनेछ। व्यापार व्यावसायमा लाभको हुनेछ । इष्टमित्र तथा आफन्तको पूर्ण सहयोग मिल्नेछ । परिवारका साथ घुमघाम आदिमा जान सकिनेछ। आज विशेष व्यक्तिसँग भेटघाटले तपाईका लागि लाभको नयाँ बाटो खोल्नेछ।
मिथुन- सवारी साधनको चलाउँदा सावधानी अपनाउनुहोला । चिनजानका साथ वादविवाद बढ्न सक्छ। परिवारमा प्रियजनको सहयोग प्राप्त हुनेछ। व्यापार–व्यवसायमा घाटा बेहोर्नु पर्नेछ ।
कर्कट- आज कुनै धार्मिक यात्रा हुनेछ । विशेष व्यक्तिसँग भेटघाट हुनेछ। व्यापार–व्यवसायमा केहि नयाँ थालनी गर्न सकिनेछ । आज ठूलो सम्झौता वा साझेदारी पाउने सम्भावना छ। परिवारमा प्रियजनको सहयोग मिल्नेछ।
सिंह- विशेष व्यक्तिसँग भेटघाट हुनाले व्यवसायमा लाभ मिल्नेछ। सहकर्मीबाट पनि राम्रो सहयोग मिल्नेछ । परिवारमा शुभ कार्यको अवसर मिल्नेछ । परिवारसँग कतै घुम्न जान सकिनेछ।
कन्या- आजको दिन खुशीले भरिपूर्ण रहनेछ। कार्यक्षेत्रमा मिहिनेत गरिरहनुभएको छ भने आज सफलता मिल्नेछ । आज पदोन्नति पनि हुन सक्ने छ । व्यापार व्यावसायमा लाभको सम्भावना रहनेछ । स्वास्थ्यमा केही उतारचढाव आउनेछ। परिवारका सदस्यहरु माझ मान सम्मान बढ्नेछ ।
तुला- आज तपाई आफ्नो स्वास्थ्यको कारण केहि चिन्तित रहन सक्नुहुन्छ। लामो यात्रामा जाने अवसर मिल्नेछ । आज कुनै विशेष कामका लागि प्रतिद्वन्द्वीका अगाडि झुक्नु पर्नेछ। व्यापार–व्यवसायमा लाभ मिल्नेछ । परिवारमा प्रियजनको पूर्ण सहयोग प्राप्त हुनेछ।
वृश्चिक- लामो समयदेखि सोचेको काम आज पूरा हुनेछ। स्वास्थ्य राम्रो रहनेछ । व्यापारमा आर्थिक लाभ हुनेछ। नयाँ कार्य योजना बनाइनेछ। परिवारमा प्रियजनको साथ र सहयोग रहनेछ। श्रीमतीसँगको मनमुटाव समाधान हुनेछ ।
धनु- आज तपाईको स्वास्थ्य बिग्रन सक्छ। कुनै षड्यन्त्रको शिकार हुन सकिनेछ। व्यापारमा घाटा बेहोर्नु पर्नेछ । नयाँ कामको थालनी गर्न यो उपयुक्त समय हैन । घरपरिवारमा सम्पत्तिको विषयमा विवादको वातावरण रहनेछ। सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला।
मकर- स्वास्थ्य लाभको अनुभूति हुनेछ। व्यापार–व्यवसायमा सहकर्मीको सहयोग मिल्नेछ । कार्यक्षेत्रमा आज कुनै ठूलो काम हात पार्न सकिनेछ । जागिर वर्गले पदोन्नति पाउन सक्नेछन् । परिवारमा माहौल राम्रो रहनेछ। नयाँ सवारी साधन खरिद गर्न सकिनेछ ।
कुम्भ- आजको दिन तपाईको लागि धेरै राम्रो रहनेछ। सोचेका काम सम्पन्न हुनेछन् ।मौसमको कारणले स्वास्थ्यमा समस्या आउन सक्छ । व्यापारमा ठूलो सफलता मिल्नेछ। तपाईंको रोकिएको काम फेरि सुरु हुन सक्छ। परिवारमा शुभ कार्य हुनेछ, मान सम्मान बढ्नेछ। सवारी साधनको प्रयोगमा सावधानी अपनाउनुहोला ।
मीन- आजको दिन तपाईको उतारचढावको दिन रहनेछ। पैसाको सम्बन्धमा साथीभाइसँग विवाद हुन सक्छ, जसका कारण आपसी मनमुटावको स्थिति सिर्जना हुनेछ। कार्यक्षेत्रमा घाटा हुन सक्छ । ठुलो प्रस्ताव तपाईको हातबाट खस्न सक्छ। परिवारका सदस्यहरूसँग केही विषयमा मतभेद बढ्न सक्छ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
प्रतिक्रिया