कपिलवस्तुको शिवराज नगरपालिकामा अनुगमन भत्ता साढे आठ लाख

कृष्णनगर (कपिलवस्तु) । कपिलवस्तुको शिवराज नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले रु आठ लाख ५० हजार रकम अनुगमन भत्ता बुझेका छन् । नगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा मात्र अनुगमन भत्ताबापत सो रकम बुझेको पाइएको छ ।
गत साउन १ गते सूचनाको हक प्रयोग गरी नगरपालिकाबाट सूचना माग गरिएको थियो । नगरपालिकाले उक्त सूचना ३८ दिनपछि मात्र उपलब्ध गराएको थियो । नगरपालिकाले दिएको सूचनामा ३६ कर्मचारी र प्रतिनिधिले सो रकम भत्ताबापत बुझेको पाइएको हो । नगरपालिकाले उपलब्ध गराएको सूचनामा सबैभन्दा बढी रकम उपप्रमुख शिवकुमारी चौधरीले रु ६३ हजार सात सय ५० बुझेको पाइएको हो ।
नगरप्रमुख अजय थापाले रु ५१ हजार, प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले रु ५१ हजार, इन्जिनियर रामजी थापा नेपालीले रु ५१ हजार, लेखा अधिकृत रामचन्द्र मरासिनी रु ५१ हजार र खरिदार प्रेम वलीले रु ५१ हजार अनुगमन भत्ता बुझेको जनाइएको छ ।
यस्तै इन्जिनियर मोहन केसीले रु ४१ हजार छ सय ५०, लेखापाल रीता खनालले रु ४१ हजार छ सय ५०, ओभरसेयर सरोज भुसालले रु २८ हजार ५०, शिव पराजुलीले रु २८ हजार ५०, ओभरसेयर वसन्त पन्थीले रु २६ हजार तीन सय ५० र ओभरसेयर ताराप्रसाद भण्डारीले रु २४ हजार छ सय ५० बुझेको नगरपालिकाले जानकारी दिएको छ ।
यसैगरी ओभरसेयर अजय कुर्मीले रु २४ हजार छ सय ५०, गुरुप्रसाद चौधरीले रु २२ हजार नौ सय ५० र अमिन रोशन नेपालीले २१ हजार दुई सय ५० बुझनुभएको छ । वडाध्यक्ष खिमविक्रम केसी, रामबहादुर चौधरी, टेकलाल सापकोटा, नेत्रप्रसाद बेल्वासे र रामगोपाल चौधरीले रु १५ हजार तीन सयका दरले अनुगमन भत्ता बुझ्नुभएको जनाइएको छ । वडाध्यक्ष नसिम अहमद खाँ र माहेताब आलम खाँले रु १२ हजार सात सय ५० का दरले भत्ता बुझ्नु भएको हो ।
वडाध्यक्ष रिजवान अहमद खाँले रु १४ हजार चार सय ५०, अनुपकुमारी चौधरी र मञ्जु मिश्रले रु आठ हजार पाँच सयका दरले भत्ता बुझ्नुभएको नगरपालिाले जनाएको छ । वडाध्यक्ष रामेश्वरप्रसाद बर्माले रु २१ हजार दुई सय ५० अनुगमन भत्ता बुझ्नुभएको हो । यस्तै सूचना अधिकारी डिल्लीराज भट्टराई रु ३८ हजार दुई सय ५० र अधिकृत लक्ष्मी कँडेलले रु आठ हजार पाँच सय अनुगमन भत्ता बुझ्नुभएको जनाइएको छ ।

















नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
आज मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
निर्वाचन सुरक्षाबारे चार सुरक्षा निकायका प्रमुखसँग मानवअधिकार आयोगकाे छलफल
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठकस्थल चुनबाङमा प्रचण्ड
प्रतिक्रिया