टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै

काठमाडौं। आईसीसी टी–२० विश्वकपमा आज तीनवटा खेल हुँदैछन् । आज आयरल्याण्ड र ओमान, इंग्ल्याण्ड र स्कटल्याण्ड तथा न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ ।
आजको पहिलो खेलमा समूह ‘बी’ अन्तर्गत आयरल्याण्ड र ओमानबीच खेल हुनेछ । खेल श्रीलंकाको कोलम्बोमा बिहान सवा ११ बजे सुरु हुनेछ ।यस्तै, आजको दोस्रो खेलमा समूह ‘सी’ मा रहेका इंग्ल्याण्ड र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । खेल भारतको कोलकातास्थित इडेन गार्डेनमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।जारी विश्वकपमा दुई/दुई खेल खेलेका इंग्ल्याण्ड र स्कटल्याण्डले एक/एकमा जित र एक/एकमा पराजय भोगेका छन् ।
यसैगरी, आजै हुने तेस्रो तथा अन्तिम खेलमा समूह ‘डी’ का न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल अहमदाबादमा बेलुका सवा ७ बजे सुरु हुनेछ । यसअघिका दुवै खेलमा जित निकालेका न्युजिल्याण्ड र दक्षिण अफ्रिका समान ४/४ अंकसहित समूहको पहिलो र दोस्रो स्थानमा छन् ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया