श्रम स्वीकृति नलिइ डाक्टर कुवेत पठाउने विज्ञापन गर्ने कम्पनीमा वैदेशिक रोजगार विभागको छापा

काठमाडौं । श्रम स्वीकृती नलिइ करिब हजार डाक्टर कुवेत पठाउने भन्दै विज्ञापन गर्ने ओमेगा इन्टरनेशनल प्राइभेट लिमिटेड नामक कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ ।
विभागले बिहीबार अनुगमन गरी कम्पनीका सम्पूर्ण कागजात नियन्त्रमा लिएर अनुसन्धान गरिरहेको विभागका महानिर्देशक मदन दाहालले जानकारी दिए।
कम्पनीले कुवेतको एक निजी अस्पतालमा नेपाली विशेषज्ञ चिकित्सकलाई कम्तीमा ७ लाखदेखि १२ लाख ७० हजार रुपैयाँसम्म तलब दिने भन्दै एउटा विज्ञापन गरेको थियो ।
विभागका महानिर्देशक दाहालले श्रम स्वीकृति नलिइ विज्ञापन गरेको पाएपछि कम्पनीका कागजात नियन्त्रणमा लिएको जानकारी दिए । ‘विभागबाट श्रम स्वीकृति नलिइ विज्ञापन गरेको पाएपछि हामीले अनुगमन गरेर कागजात समेत ल्याइ अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘के कति कामदार पठायो भन्ने अध्ययन गरेर हामी कारबाहीको दायरमा ल्याउछौं।’
श्रमस्वीकृति नलिइ विज्ञापन गरेमा विभागले ५० हजार रुपैयाँ जरिवाना गर्ने सक्ने कानुनी व्यवस्था छ। तर, ओमेगाको हकमा के–कति कारबाही हुने भन्नेबारे अध्ययनपछि मात्र भन्न सकिने महानिर्देशक दाहालले बताए।
कुवेतको निजी अस्पतालले डाक्टर माग गरेकै भए ओमेगाले पछि प्रक्रिया पूरा गरेर समेत पठाउन सक्ने महानिर्देशक दाहालले बताए ।
कुवेतमा रोजगार एजेन्टका रुपमा काम गरिरहेको ओमेगाले केही दिनअघि कुवेतमा ९७५ जना विशेषज्ञ चिकित्सकका लागि आवेदन खुला गरेको सूचना निकालेको थियो।
ओमेगाले सार्वजनिक गरेको सूचनाअनुसार कुवेतको धामन अस्पतालमा काम गर्ने गरी विभिन्न ७ वटा विभागमा विशेषज्ञ डाक्टरहरु माग गरिएको छ। एनेस्थेसिया डाक्टर १०० जना, आईसीयु कार्डियाक डाक्टर २२५ जना, पेडियाट्रिक डाक्टर १२५ जना, फिजिसियन डाक्टर ९इमर्जेन्सी० २०० जना, अब्स्ट्याक्ट तथा गाइनोकोलोजिस्ट डाक्टर १०० जना, अर्थोपेडिक्स डाक्टर १०० जना र रेडियोलोजिस्ट डाक्टर १२५ जना माग गरेको सूचनामा उल्लेख छ।

















सुजुकीको ‘विन्टर फ्री सर्भिस क्याम्प’ माघ २५ देखि २७ सम्म
डलरमा गिरावटको बावजुत अफगानिस्तानमा खाद्यान्नको मूल्य वृद्धि
फोटोनको धनगढीमा क्षेत्रीय ग्राहक भेटघाट कार्यक्रम सम्पन्न
Heavy snowfall expected in northern, western Japan through election day
Gold, silver prices see slight decline
रियल, AMT र अन्य अटोमेटिक्स बीचको भिन्नता: स्कोडा कायलाकका लागि यसको अर्थ
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
प्रतिक्रिया