सुजुकीको ‘विन्टर फ्री सर्भिस क्याम्प’ माघ २५ देखि २७ सम्म

काठमाडाैं । सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन तथा नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले देशव्यापी रूपमा ‘विन्टर फ्री सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ । उक्त क्याम्प माघ २५ देखि २७ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।
जाडो मौसममा सवारी साधनमा देखिन सक्ने प्राविधिक समस्या र कार्यक्षमतामा पर्ने असरलाई मध्यनजर गर्दै सुजुकीले आफ्ना ग्राहकहरूका लागि यो विशेष क्याम्प आयोजना गर्न लागेको हो । चिसो मौसमले ब्याट्री, हिटर, एसी तथा अन्य मेकानिकल पार्ट्समा असर पार्न सक्ने भएकाले समयमै सवारी जाँच तथा मर्मत गराउन कम्पनीले सुझाव दिएको छ । क्याम्पको उद्देश्य ग्राहकलाई चिसो मौसममा गाडी सुरक्षित र दुरुस्त राख्ने विषयमा सचेत गराउनु र गुणस्तरीय सेवा प्रदान गर्नु रहेको सीजी मोटोकर्पले जनाएको छ ।
क्याम्पअन्तर्गत सुजुकीका ग्राहकहरूले निःशुल्क सवारी जाँच, मर्मतसम्भारमा विशेष छुट तथा अनुभवी प्राविधिकबाट आवश्यक सल्लाह पाउनेछन् । यस अवसरमा एसी र हिटरको निःशुल्क जाँच, ब्याट्री चेकअप, एसडीटी जाँच तथा सम्पूर्ण गाडीको वृहत् निरीक्षण गरिनेछ । साथै लेबर चार्जमा २० प्रतिशतसम्म र स्पेयर पार्ट्स तथा इन्जिन आयलमा १० प्रतिशतसम्म छुट उपलब्ध गराइनेछ ।
सर्भिस क्याम्पका क्रममा आकर्षक उपहार योजना पनि राखिएको छ । सहभागी ग्राहकहरूमध्ये ८ जना भाग्यशाली जोडीले नगरकोटस्थित भङ्गेरी दरबार रिसोर्टमा स्टेकेसन प्याकेज जित्ने अवसर पाउनेछन् ।
यो ‘विन्टर फ्री सर्भिस क्याम्प’ नेपालभर रहेका सुजुकीका सबै सर्भिस सेन्टरहरूमा सञ्चालन हुनेछ । हाल देशभर ५४ वटा सर्भिस आउटलेटसहित सुजुकी नेपालकै सबैभन्दा ठूलो सर्भिस नेटवर्क भएको ब्रान्डका रूपमा परिचित छ ।
















‘निर्वाचनसँगै रेडक्रस सोसाइटी लयमा फर्किन अपेक्षा’
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद
मल आपूर्ति सुनिश्चित गर्नुपर्ने अखिल नेपाल किसान महासङ्घको माग
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
प्रतिक्रिया