आज कस्तो छ तपाईंको भाग्य ? थाहा पाउनुहोस् राशिफल

काठमाडाैं । आज भदाै ९ गते शनिबार । साउन शुक्ल दशमी । पञ्चाङ्ग : विषकुम्भ तैतल ज्येष्ठा । अगस्ट २६ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष- आज तपाईको दिन शुभ रहनेछ। केहि आवश्यक कामको लागि बाहिर जानु पर्नेछ। व्यापार व्यावसायमा लाभ हुनेछ। परिवारमा शुभ कार्यक्रम हुनेछ ।
वृष- आज कुनै नयाँ कामको थालनीका लागि उत्तम समय छ। मान(सम्मान बढ्नेछ । परिवारमा कसैको स्वास्थ्यको कारणले चिन्तित भइनेछ ।
मिथुन- आज कुनै विपत्तिमा फस्न सक्नुहुन्छ, विवादमा नपर्नुहोला। बोलीमा संयम राख्नु होला । व्यापारमा आर्थिक जोखिम नलिनुहोला। परिवारका सदस्यहरूसँग मनमुटाव बढ्न सक्छ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला।
कर्कट- ठूलो लगानी गर्न राम्रो समय छ। कार्यक्षेत्रमा परिवार र साथीभाइको पूर्ण सहयोग मिल्नेछ। श्रीमतीको स्वास्थ्यको ख्याल गर्नुहोला ।
सिंह- आजको दिन उतारचढावको दिन रहनेछ। स्वास्थ्यका कारण मन चिन्तित रहनेछ। सवारी साधन चलाउँदा चोटपटक लाग्न सक्छ, सावधानी अपनाउनुहोला। परिवारमा मनमुटाव हुन सक्छ। चिनजानको दुस्खद समाचार सुनिनेछ ।
कन्या- व्यापारमा घाटा बेहोर्नु पर्नेछ । नजिकको व्यक्तिका कारणले तपाईको हातमा ठूलो प्रस्ताव आउन सक्छ। पत्नीको स्वास्थ्यमा समस्या देखिनेछ ।
तुला- बिमारीबाट राहत पाइनेछ। अदालतमा विजय प्राप्त हुनेछ। मान(सम्मान बढ्नेछ । व्यापार व्यवसायमा नयाँ व्यक्तिसँग सम्बन्ध स्थापना गर्दा लाभ हुनेछ।
वृश्चिक- आज तपाईको दिन व्यर्थै बित्नेछ। साथीभाइबाट धोका हुन सक्छ। व्यापारमा ठूला लेनदेन राम्ररी सोचेर गर्नुहोला । यात्रा गर्दा सावधानी अपनाउनुहोला ।
धनु- रोकिएका कामहरु सम्पन्न हुनाले आज मन प्रसन्न रहनेछ। पुरानो साथीसँग भेटघाट हुनेछ । नयाँ कामको थालनी गर्न सकिनेछ ।
मकर- व्यापारमा लाभ हुनेछ। आर्थिक अवस्था मजबुत हुनेछ । नयाँ कामको थालनी गर्ने योजनामा काम गर्न सकिनेछ । व्यापार व्यवसायमा सहकर्मीको सहयोग मिल्नेछ । नयाँ घर वा सवारी किन्न सकिनेछ।
कुम्भ- आज स्वास्थ्य बिग्रन सक्छ, खानपानमा नियन्त्रण राख्नुहोला । छिमेकीसँग मनमुटाव बढ्न सक्छ। आज व्यापारमा घाटा बेहोर्नु पर्नेछ ।
मीन- व्यापारमा नयाँ निर्णय लिने दिन हो। आज परिवारमा सबैको सहयोग प्राप्त हुनेछ। पत्नीसँगको सम्बन्ध सुमधुर रहनेछ। सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला । वादविवादबाट टाढा रहनु होला ।









प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २०० उडान रद्द, कारण यस्ताे
एडमको शतकमा पोखराको जित, कर्णालीको लगातार चौथो हार
महाधिवेशनका लागि समय कम भयोः शशांक कोइराला
पोखराले कर्णालीलाई दियो २०२ रनको लक्ष्य
कुशल मल्लले छक्का हानेको बल लागेर चियर लिडर घाइते
एनपीएलमा जनकपुरको पहिलो जित
प्रतिक्रिया