महिला टी-२० सिरिजको उपाधि नेपाललाई

काठमाडौँ । महिला टी–२० सिरिज नेपालले जितेको छ । नेपालले हङकङलाई १३ रनले पराजित गर्दै उपाधि जितेको हो । नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक भएपछि खेलको डकवर्थ लुइस पद्दतिअनुसार विजेता घोषणा गरिएको हो ।
टस हारेर ब्याटिङ गरेको हङकङले नेपाललाई १ सय २ रनको लक्ष्य दिएको थियो । निर्धारित २० ओभरमा ६ विकेट गुमाएर हङकङले १०१ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा आएको नेपालले ५.३ ओभरमात्रै खेल्न पायो । पानीले खेल रद्द भयो । नेपालले ५.३ ओभरमा १ विकेट बनाउँदै ३७ रन बनायो र नेपालले डकवर्थ लुइस पद्धतिबाट १३ रनले जित निकाल्न सफल भयो ।
यो नेपाली राष्ट्रिय महिला टोलीको पहिलो उपाधि हो । पहिला ब्याटिङ गरेको हङकङका लागि याशमिन दासवानीले ११, का यिङ चानले २९, मारिना एन्तोनियाले १९ तथा शान्जिन शाहजादले अविजित १४ रन बनाइन् । बलिङतर्फ नेपालका लागि खुशी डंगोलले ३ तथा अश्मिना कर्माचार्य र कविता जोशीले १, १ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि सिता रानामगरले १३ र इन्दु बर्माले १९ रन बनाउन सफल भए । काजल श्रेष्ठ शून्य रनमा एलबीडब्लु आउट हुन पुगिन् ।
नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो भने अन्तिम खेलमा मलेसिायासित ६ विकेटले पराजित भएको थियो ।
यस्तै हङकङ पहिलो खेलमा नेपालसित ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा मलेसियालाई १० विकेटले तथा तेस्रो खेलमा कुवेतलाई १६ रनले हराएको थियो । नेपाल र हङकङ रनरेटका आधारमा फाइनलमा प्रवेश गरेका हुन् ।
आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत महिला टी–ट्वान्टी सिरिजमा सहभागी भएका थिए ।
















वीरगञ्जमा नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
वल्र्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’ मा इनड्राइभ आवद्ध
गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त
मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया