माओवादी अध्यक्ष प्रचण्डले देखे पार्टीमा १३ वटा संगठनात्मक समस्या

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको संगठनमा १३ समस्या रहेको औल्याएका छन् ।
माओवादीको गत साउन १७ देखि २१ गतेसम्म काठमाडौँमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक तथा संगठनात्मक प्रतिवेदनमा पार्टीका प्रदेश समितिहरू र विभागबाट प्राप्त रिपोर्टहरूका आधारमा संगठनमा देखापरेका समस्या औल्याएका छन् ।
प्रचण्डले पेस गरी केन्द्रीय समितिले पास गरेको प्रतिवेदन बल्ल आज केन्द्रीय सदस्यलाई वितरण गरिएको छ । वितरित १० पेजको प्रतिवेदनको केही अंक मेरो न्यूजलाई प्राप्त भएको छ ।
प्राप्त प्रतिवेदनको अंशमा संगठनात्मक समस्याबारे पनि उल्लेख छ । त्यसमा उल्लेख भएका १३ संगठनात्मक समस्यामध्य पहिलो समस्य प्रचण्डले आत्मकेन्द्रित व्यक्तिवादी प्रवृत्तिलाई औल्याएका छन् ।
त्यस्तै अन्य प्रचण्डले पार्टी संगठनमा देखेका समस्या यस्ता छन् ।
– गुटबन्दी गर्ने प्रवृत्ति ।
– समितिको बैठक बसी सामुहिक योजना बनाउन नचाहने ।
– कार्यक्षेत्र र जनतामाझ नजाने ।
– सिंहदरबार, बालुवाटारर प्रदेश राजधानीलगायतका शक्ति केन्द्रमा धाउन रमाउने ।
– कमिकमजोरीबारे समितिमा आलोचना, आत्मालोचना नगर्ने, बाहिर आलोचना र गुनासाहरू गर्ने ।
– उत्पादनका काममा नलाग्ने, परिश्रम नगर्ने ।
– आर्थिकरूपले अपारदर्शी जीवनशैली अपनाउने ।
– श्रमजीवी बर्गीय पक्षधरता छोड्दै जाने र विजातीय बर्ग खोज्दै हिड्ने ।
– पद, प्रतिष्ठा र पैसाका लागि जे पनि गर्न तयार हुने ।
– विधि र विधानको पालना नगर्ने ।
– पार्टी अनुशासनको पालना नगर्ने ।
– मालेमावाद सम्बन्धी वैचारिक–राजनीतिक विषयहरूको अध्ययन छलफलमा रूची नलिने ।

















निर्वाचन सुरक्षाबारे चार सुरक्षा निकायका प्रमुखसँग मानवअधिकार आयोगकाे छलफल
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
विवादकाबिच बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा भारतका सभामुख ओम बिरला जाँदै
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
निर्वाचन १९ दिन बाँकीः अब १४ जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
प्रतिक्रिया