चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी

सिरहा । नेकपा एमाले सिरहाका २ पूर्व सांसदसहितका नेता कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् । सिरहाको गोलबजारमा शनिवार प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले पार्टी परित्याग गरेका हुन् ।
पार्टी परित्याग गर्नेहरूमा पूर्वसांसद जानकी राम, निवर्तमान सांसद सम्झना थपलिय, पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य, उद्योग व्यवसायी महासंघका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज फूलेश्वर नायक, नेपाल उद्योग व्यसायी महासंघका सिरहा जिल्ला अध्यक्ष पशुपति साह, नगर कमिटी सदस्य लक्षमण यादव, गोलबजार ९ नम्वर वडा कमिटी सदस्य बिरेन्द्र कुमार सिंहले पार्टी परित्यागको घोषणा गरेका हुन् ।पार्टीभित्र बढ्दो स्वेच्छाचारिता, व्यक्तिवादी कार्यशैली, विधि–पद्धती र सिद्धान्तबाट विचलित तथा आन्तरिक लोकतन्त्रको क्षयविकरणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आफूहरु पार्टी परित्गाग गर्न बाध्य भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।
‘पार्टीलाई सही मार्गमा ल्याउन सुधारका लागि बारम्बार रचनात्मक आवाज उठाउँदासमेत नेतृत्व तहबाट कुनै सुनुवाइ नहुनु, इमान्दार कार्यकर्ताहरूलाई निरुत्साहित गर्ने प्रवृति मौलाउनु र विचारभन्दा व्यक्तिको वर्चस्व हावी हुनुजस्ता काराणले हामी बाध्यात्मक परिस्थितिमा पुगेका छौं,’ विज्ञप्तिमा उल्लेख छ ।

















यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व सङ्कलन
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
‘विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा छ’
राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान
झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया