शुक्रबार, माघ २३, २०८२

डोल्पामा रहेको सेनाको गुल्मका प्रमुख पण्डित सम्पर्कविहीन

मेरोन्यूज २०८० भदौ ११ गते १४:४५

काठमाडौं । नेपाली सेनाको डोल्पा सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित सम्पर्कविहीन भएका छन् ।

आइतबार साँझदेखि उनी सम्पर्कविहीन भएको र खोजी कार्य भइरहेको डोल्पा प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय डोल्पाले पनि गुल्मपति पण्डितको खोजीकार्य जारी रहेको जनाएको छ । ‘हिजो साँझदेखि नै सम्पर्कमा आउनुभएको छैन, खोजी गरिरहेका छौँ,” डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले भने ।

पण्डितले बडीगार्ड पनि छाडेर हिँडेका प्रजिअ पोखरेलले बताए ।

गुल्मपति पण्डितको खोजीमा डिएसपी शिवकुमार बुढाथोकीको कमान्डमा प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया