सोमबार, फागुन ४, २०८२

जनताको अपेक्षा माओवादीले नै सरकारको नेतृत्व गरिरहोस् भन्ने छः नेता पुन

मेरोन्यूज २०८० भदौ १२ गते ११:१४

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले जनताको अपेक्षा अहिले पनि माओवादीले सरकारको नेतृत्व गरोस् भन्ने रहेको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

मंगलवार काठमाडौंमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हु्न्। उनले जनताको अपेक्षा अहिले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल र दाहाल वरपरका नेताहरुले नेतृत्व गरोस् भन्ने रहेको बताए । जनतको सो अपेक्षामा ठेस लाग्न दिनु नहुने पुनले बताए।

‘आजको स्थिति, ऐतिहासिक पृष्ठभूमि, जनताका अपेक्षा र समकालीन एजेण्डाहरु वरिपरीबाट हेर्ने हो भने हामी सही ठाउँमा पर्छौं नत्र खत्तम नै भयौँ, सिद्धियौँ की के हो ? भन्दा एकातिर नकारात्मक प्रवृत्ति र कुण्ठा, अराजकता देखापर्ने र अर्कोतिर अरु नै कोही छन् की भन्दा कोही पनि नदेखिने, नेता पनि नदेखिने राजनीति पनि नदेखिने हुँदा एक खालको शुन्यता हुन्छ’ उनले भने ।

उपमहासचिव पुनले पार्टीका कमजोरीलाई सच्याएर आगामी दिनमा देशको राजनीति सही दिशामा लैजानुपर्ने बताए । उनले देश राजनीतिक सिस्टममा चल्नुपर्ने बताए ।

‘हामीले भनेको राजनीतिक सिस्टममा देश चल्नुपर्छ । राजनीतिक विधिमा पार्टी चल्नुपर्छ । निश्चित सामाञ्जस्यतामा समाज चल्नुपर्छ । हामी देशको अग्रगामी रुपान्तरणका पक्षपाती हौँ’ उनले भने ।

उपमहासचिव पुनले सत्ता गठबन्धन, समाजवादी मोर्चा र पार्टीलाई समन्वयात्मक ढंगबाट अघि बढाउँदै लैजाने आजको पार्टीको कार्यदिशा भएको बताए ।

प्रतिक्रिया