बलात्कार आरोपमा भक्तपुर र उदयपुरबाट दुई जना पक्राउ
मेरोन्यूज
२०८० भदौ १२ गते १३:५७

काठमाडौं । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं नरेफाट बस्ने ईलाम, ईलाम नगरपालिका-९ घर भएका ५२ वर्षीय सूर्य बहादुर भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
भण्डारीले ती किशोरीलाई भक्तपुरको सूर्यबिनायक नगरपालिका-९ पलासेस्थित रिसोर्टमा आइतबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
५८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरको कटारी नगरपालिका-१ बेलसोत बस्ने २५ वर्षीय जय बहादुर खपाङ्गी मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मगरले ती महिलालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















सुजुकीको ‘विन्टर फ्री सर्भिस क्याम्प’ माघ २५ देखि २७ सम्म
डलरमा गिरावटको बावजुत अफगानिस्तानमा खाद्यान्नको मूल्य वृद्धि
फोटोनको धनगढीमा क्षेत्रीय ग्राहक भेटघाट कार्यक्रम सम्पन्न
Heavy snowfall expected in northern, western Japan through election day
Gold, silver prices see slight decline
रियल, AMT र अन्य अटोमेटिक्स बीचको भिन्नता: स्कोडा कायलाकका लागि यसको अर्थ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
प्रतिक्रिया