केरामा देखिएको पानामा रोगको प्रारम्भिक अध्ययन सुरु
मेरोन्यूज
२०८० भदौ १३ गते ७:५५

कैलाली। कैलालीको टीकापुरमा केरामा देखिएको टीआर–४ (पानामा) रोगको प्रारम्भिक अध्ययन सुरु गरिएको छ ।नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले गरेको केराको नमूना परीक्षणमा पानामा रोगको संक्रमण देखापरेको थियो ।
पानामा रोगको अध्ययनका लागि राष्ट्रिय बिरुवा संरक्षण संगठन नेपालले गठन गरेको जोखिम विश्लेषण कार्यदलले स्थलगत अध्ययन सुरु गरेको हो ।
राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा।रामबहादुर खड्काको नेतृत्वमा बनेको ७ सदस्यीय कार्यदलले टीकापुरमा पुगेर अध्ययन सुरु गरेको छ ।
कार्यदलले कृषि क्षेत्रमा काम गर्दै आएका सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका कार्यालय प्रमुखसहित किसानसँग छलफल चलाएको छ ।
प्रारम्भिक चरणमा रोग पत्ता लागेको बारीबाट अर्को बारीमा सर्न नदिनका लागि आचारसंहितासहित कार्यान्वयनका लागि सरोकारवालासँग छलफल गरिएको छ ।
सम्बन्धित

















आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
शुक्रबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया