सोमबार, फागुन ४, २०८२

काठमाडौंका यी सडकमा आज र भोलि सवारीसाधन चलाउन रोक

मेरोन्यूज २०८० भदौ १४ गते ७:०८

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज र भोलि काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवगमन रोक लगाउने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

महानगरपालिकाले बिहीबार (आज) गाईजात्रा र शुक्रबार (भोलि) गुँलागा दुतिया मनाउने भएकाले काठमाडौंका विभिन्न सडकमा सवारी साधन निषेध गरिने भएको जनाएको छ ।

एक सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले –केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–गोफल ब्रम्हटोल–मरू टोललगायत विभिन्न सडकमार्गमा सवारी साधन प्रवेश गर्न नदिने जानकारी दिएको छ ।

प्रतिक्रिया