देशी, विदेशी कुनै शक्तिले सरकारलाई हल्लाउन सक्दैन : माधव नेपाल

सुर्खेत । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई देशी विदेशी कुनै शक्तिले हल्लाउन नसक्ने बताएका छन् । प्रधानमन्त्रीलाई पनि उनले सरकार कहिले ढल्ला भन्ने चिन्ताबाट मुक्त भएर ढुक्कले काम गर्न आग्रह गरेका छन् ।
सत्तारुढ तीन दल र सरकारबाहिर रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासमेतको ४ दलले निर्माण गरेको समाजवादी मोर्चाले बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै नेपालले कुनै पनि शक्तिले सरकार ढाल्न नसक्ने दावी गरेका हुन् ।
‘यो सरकारलाई देशी, विदेशी कुनै शक्तिले हल्लाउन सक्दैन । यो सरकार कहिले ढल्ने हो भन्ने चिन्ता छ भने त्यसबाट मुक्त हुनुस्, ढलोस् भन्ने लागेको छ भने असिन-पसिन हुन दिनुस् । हामीले यो सरकार राम्रो उद्देश्यका निम्ति बनाएका छौं ।’ माधव नेपालले भने ।
कांग्रेसले पनि समाजवादी मोर्चासँग तर्सिनु नपर्ने नेपालको भनाई थियो । कसैकसैले कांग्रेसलाई गठबन्धनभित्रको कम्युनिष्टहरुले मोर्चाबन्दी गरेको भनेर अनेक कुरा लगाउन खोजेको र तरंगित बनाउन खोजेको भन्दै नेपालले त्यसबाट कांग्रेस पनि तर्सिनु नपर्ने बताए ।
‘कसै-कसैलाई एकता पचेको छैन । एकताभन्दा सबैले राम्रो मान्नुपर्ने हो । एकातिर मोर्चा छ, अर्कोतिर गठबन्धन भन्ने छन् । गठबन्धनका कम्युनिस्ट मिलेर मोर्चा बनाएकाले कांग्रेसको मनमा चिसो पस्यो कि भन्नेहरू पनि छन्, त्यस्तो केही छैन,’ माधव नेपालले भने ।
सत्तारुढ गठबन्धनमा रहेका सबै एक ठाउँमा रहेको नेपालको भनाइ थियो । प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध चालेको कदममा सत्तारुढ दलहरूको ऐक्यबद्धता रहेको उनले बताए ।
‘आफ्नो पार्टीका हुन् वा अरु जुनसुकैले भ्रष्टाचार गरेका छन्, कसैले छुट पाउँदैन,’ उनले भने, ‘सरकारले उहिलेदेखिका भ्रष्टाचारका फाइल खोल्ने गरिरहेको छ । दोषी कोही नउम्किउन्, निर्दोष कोही नपरुन् भन्ने छ ।’
















आज २६३औँ सेना दिवस मनाइँदै
आजको मौसम : उच्च पहाडी र हिमाली स्थानमा हल्का वर्षासहित हिमपात
आईसीसी टी–२०विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
इटालीसँग नेपालको लज्जास्पद हार
प्रतिक्रिया