प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा

प्यूठान । प्यूठानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुशान्त वैदिक अहिले घरदैलो प्रचारमा व्यस्त रहेका छन्। उम्मेदवारी दर्ता गरेदेखि नै बैदिक घण्टी बजाउँदै प्यूठानी जनताको घर दैलोमा गई मत माग्न व्यस्त रहेका हुन् ।
प्यूठान जिल्लाका नौ वटा स्थानीय तहलाई केन्द्रीत गरेर बैदिक घरदैलो प्रचारमा व्यस्त छन् । अन्यभन्दा फरक शैलीमा उनको प्रचारशैली गाउँका मतदाताले मनपराएका छन् । बैदिक पुगेपछि स्थानीयले यसपटक मुलुकमा परिवर्तन गर्ने हो भन्दै घण्टीमा मत दिने बताएका छन् । बैदिकसंग मतदाताले सेल्फी तथा फोटो खिच्ने र टिकटक बनाउने समेत गरेका छन् ।
मल्लरानी, ऐरावती, प्यूठान, स्वगद्वारी, माण्डवी, सरुमारानी लगायत स्थानीय तहमा प्रचारप्रसार सकाइसकेका वैदिक अन्य स्थानीय तहमा मतदातासंग मत मागिरहेका देखिन्छन् ।
रास्वपा उम्मेदवार बैदिकले आज झिमरुक गाउँपालिका र प्यूठान नगरपालिकामा घरदैलो भेटघाट राखेका छन् । कुटिचौर, निम्नीखर्क, भडारीपोखरा, तोरवाङ, नेटा, मर्काबाङ, चिचिन्डे,सल्लेरी,उपल्लो धगे र तल्लो धगेका घरदैलो भेटघाट गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
छोटो समयमा नै राजनीतिक करियर बनाएका वैदिक प्यूठानलाई बदल्ने योजना सहित उनी पहिलो पटक संसदीय निर्वाचनमा होमिएका हुन् । युवा उम्मेदवार भएकोले पनि वैदिकलाई यसपटक प्यूठानी जनताको अपार माया पाइरहेका छन् ।
उनी मतदातासंग नाच्दै गाउँदै प्यूठानका टोलटोलमा पुगिरहेका छन् । उनलाई मतदाताले घण्टी बजाएर स्वागत गर्ने गरेका छन् ।
रास्वपा उम्मेदवार बैदिकले चुनावमा आश्वासन नबाड्ने तर काम गरेर देखाउने भन्दै यसपटक देश बनाउने घण्टीमा मतदान गर्न आग्रह गरे । उनले राजनीतिकलाई पेशा होइन सेवा हो भनेर आफू निर्वाचनमा उठेको बताए ।
“जुन उद्देश्यका लागि मुलुक बनाउने भनेर राजनीतिक दल अगाडि सरेका थिए आज तिनै राजनीतिक दलले मुलुकलाई पहिल्यैकै खेलवाड गरेर राजनीतिक टिकाइरहेका छन् । त्यो जन्जाल तोडनका लागि हामीलाई अवसर मिलेको छ । त्यसैले तपाईले मलाई जिताउनुहोस्,” उनले भने ।
प्यूठानी मतदाताले पनि यसपटक पहिलेका पुराना राजनीतिक दलभन्दा पनि नयाँ दललाई मत दिने बताउँदै आएका छन् ।
लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्रीद्वय डिल्ली चौधरी र जोगबहादुर महरासँग अर्थविद्का रूपमा काम गरिसकेका वैदिकसंग प्यूठानको विकास गर्ने मोडल समेत रहेको छ ।

















कांग्रेस सभापति थापाले मतदानपछि भने-‘निर्वाचनले संविधान ‘ट्रयाक’मा आयाे’
२ घण्टामै देशभर ८ लाख ५० हजारभन्दा बढीद्वारा मतदान
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
झापा-५ पुगेर प्रधानमन्त्रीले गरिन् मतदान
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
प्रतिक्रिया