आइतबार, फागुन ३, २०८२

प्रधानमन्त्रीलाई विप्लवको फेरि ढाडस : प्रचण्ड हुँदासम्म लड्नुहुन्छ, हामीलाई विश्वास छ

तपाईं प्रधानमन्त्रीको कुर्सीबाट लड्नुस्, चोकको मोर्चाबाट हामी लड्छौं

मेरोन्यूज २०८० भदौ १४ गते १६:२५

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री प्रचण्डप्रति फेरि दरिलो विश्वास ब्यक्त गरेका छन् । अमेरिकी सहयोग परियोजना (एमसीसी) कार्यान्वयनका सवालमा समाजवादी मोर्चाभित्र कित्ताबन्दी भएको र मोर्चा नै संकटमा पर्न थालेको विश्लेषण भईरहँदा मोर्चाले सुर्खेतमा आयोजना गरेको कार्यक्रमलाई बिहिबार सम्वोधन गदै विप्लवले प्रचण्ड हुँदासम्म देशमा कसैले केही गर्न नसक्ने भन्द्र प्रचण्डलाइ ढाढस दिएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

उनले देशको नेतृत्व प्रचण्डभन्दा बाहेकले गरेको खण्डमा देश युक्रेन बन्ने भन्दै एमसीसीका खराव प्रावधानका सवालमा पनि प्रचण्डले नै दरिलो गरि लड्ने बताएका हुन् ।

‘एमसीसीले जस्ता खालका प्रावधानहरू लाद्न खोजेको छ, कमरेड प्रचण्ड हुँदासम्म लड्नुहुन्छ हामीलाई त्यो विश्वास छ। तर अर्को खराब व्यक्ति कोही आउने बित्तिकै नेपाल युक्रेन बन्छ। हेरिराख्नुस्, यो षडयन्त्र हो,’ विप्लवले भने।

विप्लवले सरकारले भष्टाचारविरोधीअ भियान चलाउन खोज्दा चौतर्फी घेराबन्दीको प्रयास गरिएको भन्दै त्यस्तो घेरावन्दी तोडेर प्रचण्ड अगाडी बढ्नुपर्ने पनि बताए । उनले भ्रष्टाचारी जोसुकै भएपनि छुट दिन आवश्यक नभएको बताए । उनले आफ्नै पार्टीका नेता भ्रष्टाचार र मानव बेचबिखनमा संलग्न रहेको पाइए पनि कारबाही गर्न प्रधानमन्त्रीलाइृ आग्रह गरे । ‘तपाईं प्रधानमन्त्रीको कुर्सीबाट लड्नुस् चोकको मोर्चाबाट हामी लड्छौं,’ उनले भने, ‘कुनै पनि भ्रष्टाचारीलाई छुट दिन आवश्यक छैन । राता हुन्, काला हुन् कि सेता हुन् भ्रष्टाचारीलाई छोड्नु हुँदैन ।’

प्रधानमन्त्री प्रचण्डविरुद्ध षडयन्त्र भइरहेको पनि विप्लवको भनाइृ छ । राज्यका विभिन्न शक्तिबाट प्रधानमन्त्रीविरुद्ध घेराबन्दी भइरहेको उनको भनाइ थियो । ‘सरकारविरुद्ध घेराबन्दी भएको छ । कानुन, प्रशासन, अर्थतन्त्र, अदालत, सम्पूर्ण प्रशासन यन्त्र, अन्तर्राष्ट्रिय शक्तिबाट घेराबन्दी भएको छ,’ उनले भने । मुलुकको कार्यकारी प्रमुखलाई मुद्दा चलाउने कार्य त्यत्तिकै सतहमा नआएको विप्लवले बताए ।

प्रचण्डलाइृ केही समययता विप्लवले दरिलो साथ दिँदै आईरहेका छन् ।

प्रतिक्रिया