आइतबार, फागुन ३, २०८२

भारतीय यी दुई अधिकारी किन आए नेपालमा ?

भारतीय प्रधानमन्त्रीका आर्थिक सल्लाहकार परिषद्का अध्यक्ष र नेपालका लागि पूर्व भारतीय राजदूत काठमाडौंमा

मेरोन्यूज २०८० भदौ १४ गते २०:४८

काठमाडौं । अमेरिका र चीनका अधिकारीहरु काठमाडौंमा रहेकै बेला दक्षिणी छिमेकी मुलुक भारतका दुई अधिकारीहरु पनि काठमाडौं आईपुगेका छन् । अमेरिकाको संसदीय प्रतिनिधिमण्डल मार्क पोकनको नेतृत्वमा अहिले नेपालमा छ । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसीसीका उपाध्यक्ष क्यामरुन एलफोर्ड पनि नेपालमै छ । त्यस्तै चीनीयाँ पक्षका केही अधिकारीहरु पनि नेपालमा छन् ।

Advertisement
nepal life insurencenepal life insurence

यही मेसोमा भारतीय दुई अधिकारी पनि नेपाल आईपुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आर्थिक सल्लाहकार परिषद्का अध्यक्ष विवेक दिवोरया र नेपालका लागि भारतीय पूर्व राजदूत रन्जित रे काठमाडौं आईपुगेका हुन् ।

उनीहरु एकै जाहाजबाट आज साँझ काठमाडौं आईपुगेका हुन् । उनीहरु साँझ सवा ६ बजे आर ए २१८ नम्बरको उडानबाट काठमाडौं आएका हुन् ।

उनीहरु राजनीतिक कार्यक्रमका लागि भन्दा पनि अन्य कार्यक्रमका लागि काठमाडौं आएको भारतीय राजदूतावासले जनाएको छ ।

प्रधानमन्त्री मोदीका आथिर्क सल्लाहकार परिषद्का अध्यक्ष विवेक दोस्रो काठमाडौं कलिङ साहित्यिक मेलामा भाग लिन काठमाडौं आएका हुन् । रन्जित रेको भने आफ्नै अन्य कार्यक्रमका लागि काठमाडौं आएको दूतावासको स्रोतको भनाई छ ।

प्रधानमन्त्री मोदीका आर्थिक सल्लाहकार परिषद्का अध्यक्ष विवेक संघीय सरकारका मन्त्री सरहको प्रोटोकलमा काठमाडौं आएका छन् । उनलाई स्वागत गर्न भारतीय दूतावासका प्रोटोकल अफिसर धिर सिंह त्रिभूवन विमानस्थल पुगेका थिए । सोही उडानबाट रन्जित रे पनि काठमाडौं आएका हुन् ।

उनीहरुले नेपाल बसाईका क्रममा प्रधानमन्त्री र मन्त्रीहरुसँग पनि भेटघाट गर्ने र केही राजनीतिक कुराकानी हुने पनि बताइएको छ ।

प्रतिक्रिया