भोलि काठमाडौँ र ललितपुरका यी क्षेत्रमा दिनभर विद्युत् अवरुद्ध हुने

काठमाडौँ । काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रमा भोलि दिनभर विद्युत् अवरुद्ध हुने भएको छ ।
आज एक सूचना जारी गर्दै नेपाल विद्युत् प्राधिकरणले टेकु सब स्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीचगियरमार्फत चार्ज गर्न स्युचाटार के–थ्री ६६ केभी प्रसारण लाइन सट डाउन गर्नुपर्ने भएकाले टेकू तथा के–थ्री सबस्टेसन तथा सो सँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको विद्युत् अवरुद्ध हुने जानकारी दिएको हो।
लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू स्युचाटार ६६ के।भी। लाइन १३२ के।भी। मा चार्ज गर्नेगरी कार्य भइरहेको छ।
उक्त स्टेसनहरुबाट आपूर्ति भइरहेको रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूमा भोलि बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले सूचनामार्फत जानकारी गराएको छ।

















नेशनल लाईफद्धारा मधेश प्रदेशका अभिकर्ताहरु सम्मानित
23 election candidates take permission for opening bank accounts in Lalitpur
अपग्रेडेड डोमिनार ४०० सार्वजनिक, यस्ता छन् फिचर
NC emerges as university of politics: General Secretary Paudel
काठमाडौँ- ५ मा प्रमुख दलका नेताकै बढी चर्चा
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
जसपाको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
कांग्रेसले चुनावी प्रतिज्ञापत्र फागुन ३ गते सार्वजनिक गर्ने
प्रतिक्रिया