अपग्रेडेड डोमिनार ४०० सार्वजनिक, यस्ता छन् फिचर

काठमाडाैं । अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को सार्वजनिक भएको छ । एक विशेष समारोहकाबीच शुक्रबार बजाज नेपालले उक्त अपग्रेडेड डोमिनार सार्वजनिक गरेको हो ।
कार्यक्रममा राइडरहरू, इन्फ्लुएन्सरहरू, सञ्चारकर्मीहरू तथा विशिष्ट अतिथिहरूको उत्साहजनक उपस्थिति रहेको कम्पनीले जनाएको छ । डोमिनार ४०० सार्वजनिक गर्दै कम्पनीले नयाँ तथा उन्नत फिचरहरू समावेश भएको बताएको छ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा मनाङ एक्सप्लोरर राइड प्रिमियर गरिएको थियो, जसले डोमिनार ४०० को लामो दूरीको क्षमता तथा कठिन भूगोलमा उत्कृष्ट प्रदर्शन क्षमतालाई प्रस्तुत गरेको कम्पनीले जनाएको छ।
अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० मा डट म्याट्रिक्स डिस्प्लेसहितको डिजिटल कन्ट्रोल कन्सोल, ब्लुटुथ कनेक्टिभिटी र टर्न–बाइ–टर्न नेभिगेसन, राइड–बाइ–वायरसहित चार राइड मोड, ट्र्याक्सन कन्ट्रोल, एड्जस्टेबल लेभरहरू तथा हजार्ड लाइट प्रणाली जस्ता आधुनिक प्रविधिहरू समावेश गरिएको छ, जसले सुरक्षा र राइडिङ अनुभवलाई थप उत्कृष्ट बनाएको कम्पनीले जनाएको छ।
‘उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रियासहित लन्च कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ, जसले आधुनिक प्रविधिसहित प्रदर्शन–केन्द्रित बाइक प्रदान गर्ने बजाजको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ’ कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार आज ४ फागुनदेखि ८ सम्म डोमिनार ४०० को टेस्ट राइडका लागि खुला गरिएकाे छ ।

















जुम्लामा १ हजार २७७ किशोरीलाई एचपिभी खोप दिने
चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान
सूर्य नेपाल वेस्टर्न ओपन सुरू: पहिलो दिन ५ गल्फर शीर्षस्थानमा
एमएडब्लू वृद्धिको मेगा एक्सचेन्ज चैत १२–१४ मा
‘फोर्थिङ एक्सचेञ्ज फेस्ट’ आयोजना हुँदै, ७ लाखसम्मको विशेष सुविधा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
प्रतिक्रिया