बुधबार, वैशाख ९, २०८३

नयाँ वायु सेवा कम्पनी सञ्चालन गर्न तीन जहाज अनिवार्य हुनुपर्ने

मेरोन्यूज २०८० भदौ १५ गते १८:२७

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा सञ्चालन गर्न चाहने नयाँ कम्पनीसँग तीनवटा जहाज अनिवार्य हुनुपर्ने नियम बनाएको छ । वायुसेवा कम्पनी सञ्चालन नियममा संशोधन गरेर निगमले नयाँ कम्पनीसँग तीन जहाज हुनै पर्ने नियम बनाएको हो ।

Advertisement
NiccNicc

शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर अपरेटर सर्टिफिकेट रिक्वायरमेन्ट (एओसिआर)मा दशौँ संशोधन गरेको हो ।

वायुसेवा सञ्चालन गरिरहेका कम्पनीको आगामी पाँच वर्षमा पाँचवटा जहाज संख्या पु¥याउनु पर्ने नियम बनाएको छ ।

त्यस्तै निगमले वायु सेवा सञ्चालक कम्पनीहरुलाई उडान अनुमति दिन कसिलो कानुनी व्यवस्था गरेको छ । नयाँ व्यवस्थामा वायु सेवा सञ्चालन गरिरहेका कम्पनीहरुलाई थप जवाफदेही बनाउन खोजिएको छ भने नयाँ आउने कम्पनीहरुलाई पनि सेवा शर्त कडा बनाइएको छ ।

नयाँ नियममा वायुसेवा कम्पनीका अध्यक्ष, सेयर लगानीकर्ता,कार्यकारी निर्देशक र जिम्मेवार प्राप्त म्यानेजर तथा पोष्ट होल्डरहरुले प्राधिकरण तथा नेपाल सरकारका नीति तथा कार्यहरु विपरीतका क्रियाकलाप सञ्चालन गर्न एवम् सो सम्बन्धमा आधारणाहरु सार्वजनिक रुपमा व्यक्त गर्न पनि रोक लगाउने व्यवस्था प्रस्ताव गरिएको छ ।

वायु सेवा कम्पनीका जिम्मेवार म्यानेजर तथा पदमा बसेकाहरुलाई स्वार्थ जोडिने प्रकृतिका गतिविधि एवम् व्यावसायिक कार्य गर्न पनि रोक लगाउने प्रस्ताव गरिएको छ ।

यस्तै नो अब्जेक्सन लेटर पाप्त गरेको न्यूनतम पाँच वर्षको अवधिसम्म लगानीकर्ताले आफ्नो सेयर बिक्री तथा हस्तान्तरण गर्न नपाउने व्यवस्था पनि प्रस्ताव गरिएको छ

वायु सेवा कम्पनीहरुले प्रधिकरणको स्वीकृति विना कुनै पनि सरकारी स्वामित्व प्राप्त वा निजी वायु सेवाले जिम्मेवार म्यानेजर र पोष्ट हाल्डर नियुक्त गर्न नपाउने पनि उल्लेख छ ।

प्रतिक्रिया