सोमबार, फागुन ४, २०८२

महानगरले चलचित्रलाई प्राथमिकतामा राखेर योजना बनाएको छ : उपप्रमुख डंगोल

मेरोन्यूज २०८० भदौ १६ गते १४:५२

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कामनपाले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको बताएकी छिन् ।

Advertisement
nepal life insurencenepal life insurence

शनिवार काठमाडौंमा आयोजित नाट्यकर्मी महासंघ नेपालको दोस्रो केन्द्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएकी हुन् ।

उनले महानगरपालिकाले बाँकी कार्यकालमा के गर्ने भनेर सबै किसिमका योजना बनाएको र फिल्म क्षेत्रलाई पनि सो योजनाअन्तर्गत प्राथमिकतामा राखेको उल्लेख गरे ।

उनले काठमाडौं महानगरपालिकालाई चिनाउने महत्वपूर्ण माध्यम फिल्म सेक्टर भएको भन्दै महानगरले युनेस्को क्रिएटिभ सिटिज नेटवर्कमा महानगरपालिकालाई चिनाउन क्रिएटिभ सिटिज अफ फिल्म भनेर प्रपोजल पठाएको, सो प्रपोजलको नतिजा २०२४ को शुरुमा आउने र युनेस्को पदकबाट कामनपा पुरस्कृत हुने बताइन् ।

उनले काठमाडौंको सुन्दरता, कलाकृति, सम्पदा र संसकृतिलाई जोगाउन फिल्म नै एउटा माध्यम रहेको बताइन् ।

‘शुरुदेखि नै बोल्दै आएको र अहिले हामीले एउटा काम पनि गर्दैछौँ । फिल्म सेक्टर, ड्रामामार्फत होस् वा थ्रिएटरमा हेर्ने मुभीहरु हुन्, सबै पाटोलाई बलियो पाटको रुपमा लग्नुपर्छ भनेर काठमाडौं महानगरपालिकाले युनेस्को क्रिएटिभ सिटिज नेटवर्क भनेर छ । विभिन्न क्रिएटिभ सेक्टरहरुमा जस्तै, खाना, आर्ट, म्युजिक यस्ता विभिन्न क्षेत्रको सात विभिन्न क्षेत्र र विधामा युनेस्को क्रिएटिभ सिटिज नेटवर्क भनेर संसारको विभिन्न शहरहरु त्यो नेटकवर्कमा बस्छन्, उपप्रमुख डंगोलले भनिन्, कसैले क्रिएटिभ सिटज अफ म्युजिक भनेर दर्ता गर्छ कसैले क्रिएटिभ सिटिज अफ ग्यास्ट्रोनोमिज भनेर खानेकुरालाई नै भनेर त्यो शहरलाई ब्राण्डिङ गरिरहेको हुन्छ भने कामनपाले हामीले अप्लाइ गरेका छौँ । यो २०२४ को शुरुसम्म त्यसको रिजल्ट आउँछ । हामी त्यो अवार्ड पाउनेछौँ । उपमेयर डंगोलले काठमाडौंलाई झल्काउन रंगमञ्चको महत्वपूर्ण भुमिका हुने पनि बताइन् ।

प्रतिक्रिया