बिहीबार, पुष ३, २०८२

शान्ति समाजले १५ स्रष्टलाई सम्मान गर्ने

मेरोन्यूज २०८० भदौ १७ गते २०:४७

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियानअन्तर्गत स्थापित पुरस्कारहरुद्वारा १५ जना स्रष्टाहरुलाई सम्मान गर्ने निर्णय गरेको छ । यस क्रममा वर्ष २०८० को महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान स्रष्टा राजेश्वर नेपाली (धनुषा)लाई प्रदान गर्ने निर्णय गरिएको छ ।

प्रेस स्वतन्त्रता सेनानी, लोकतन्त्र र स्वतन्त्रताका पक्षमा विशिष्ट योगदान गर्नुभएका राजेश्वर नेपालीको २०८० साल भदौ ११ गते निधन भएको छ । सोभन्दा अगावै शान्ति समाजले उहाँलाई २०८० को स्रष्टा सम्मानबाट पुरस्कृत गर्ने प्रक्रिया अघि बढाइसकेको थियो ।

यसैगरी चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्रा डा राजेन्द्र विमल (जनकपुर), राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान डा रामप्रसाद ज्ञवाली (गुल्मी), कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान सुलोचना मानन्धर (काठमाडौँ, ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान डा कृष्णराज चौधरी सर्वहारी (दाङ), पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान प्रा डा सावित्री कक्षपति (पाल्पा), मानबहादुर रावल वातावरण स्रष्टा सम्मान प्रा नवराज पाण्डेय (अर्घाखाँची)लाई प्रदान गर्ने निर्णय गरिएको छ ।

यसैगरी जोगमाया बराल स्रष्टा सौगात मुकुन्द आचार्य (मकवानपुर), भूमिप्रसाद बराल स्रष्टा सौगात बाजुराम पौडेल (काठमाडौँ), जनककुमारी रेग्मी स्रष्टा सौगात कमलादेवी हेमचुरी (ललितपुर), श्रीप्रसाद दाहाल स्रष्टा सौगात लीला राना (स्याङ्जा), राधादेवी दाहाल स्रष्टा सौगात मधुराज केरुङ (पाँचथर), श्रीनारायण दाहाल स्रष्टा सौगात मधु शाही बस्नेत (हुम्ला), पद्यप्रसाद दाहाल स्रष्टा सौगात हंसावती कुर्मी (कपिलवस्तु) र गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात मधु हमाल (बालकुमारी) (कञ्चनपुर)लाई प्रदान गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया