त्रिभुवन विश्वविद्यालय स्वचालित प्रणालीमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्युतीय प्रशासनलाई प्रोत्साहन गरी सेवा प्रणालीलाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यले औपाचारिक रुपमा सम्पूर्ण निकायहरुमा कार्यालय स्वचालित प्रणालीकोे आरम्भ गरेको छ ।
कार्यालय स्वचालित प्रणालीको माध्यमवाट अब सम्पूर्ण कार्यालयमा हुने दर्ता, चलानी, टिप्पणी, पत्रव्यवहार,परिपत्र र निर्णयका लागि माथिल्लो निकायहरुमा पेश गरिने कागजातहरु स्वचालित प्रणालीमार्फत सम्पादन हुने भएका छन् ।
त्रिवि केन्द्रीय कार्यालयमा साउन १ बाटै कार्यान्वयमा रहेको उक्त प्रणालीमा त्रिविका सम्पूर्ण निकायहरु संलग्न भइसकेको र हालसम्म ५२९ वटा युजर आइडी कार्यान्वयमा रहेका छन् । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा धर्मकान्त वास्कोटाले कीर्तिपुर स्थित रजिष्ट्रार कार्यालयमा आयोजित कर्मचारीहरुको तालिम कार्यक्रममा कार्यालय स्वचालित प्रणालीको विधिवत शुभारम्भ गरेका हुन् ।
उपकुलपति प्रा.डा वास्कोटाले सामान्य प्रशासन महाशाखाबाट उठाइएको टिप्पणी विद्युतीय प्रणालीवाट स्वीकृत गरी कार्यालय स्वचालित प्रणालीको उद्घाटन गरेका हुन् ।
त्रिवि समन्वय महाशाखाद्धारा आयोजित कर्मचारीहरुको तालिम कार्यक्रममा कार्यालय स्वचालित प्रणालीको उद्घाटन पश्चात संक्षिप्त मन्तव्य व्यक्त गर्नुहुँदै उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटाले त्रिविलाई कागजविहिन प्रशासनको रुपमा स्तरोन्नती गर्ने आफ्नो महत्वपूर्ण लक्ष्य पुरा भएको बताए ।
प्रविधि कार्यालयको अनिवार्य जीवन प्रणाली बनिसकेकोले सेवा प्रणालीलाई थप व्यवस्थित,सृदृढ र प्रभावकारी बनाउन कार्यालय स्वचालित प्रणाली सफल हुने अपेक्षा समेत व्यक्त गरे । उनले अत्याधुनिक प्रविधिको प्रयोगलाई वढावा दिई तीव्र गतिको इन्टरनेट सुविधा समेत व्यवस्था गरी सेवाग्राहीलाई छिटो छरितो सेवा मार्फत सन्तुष्ट बनाउन समेत निर्देशन दिए ।
त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुसालले कार्यालय स्वचालित प्रणालीको कार्यान्वयनलाई महत्वपूर्ण प्रशासनिक उपलब्धी भएको भन्दै व्यवस्थित, सरल र समयानुकुल सेवाका माध्यामवाट त्रिविप्रतिको नकरात्मक धारणा परिर्वतन गर्र्नुपर्ने बेला आएको भन्दै सवै संयन्त्रहरुलाई सक्रियतापूर्वक विद्युतीय प्रणालीको प्रयोग गरी समयमै सवैप्रकारका सेवा दिने वातावरण मिलाउन त्रिवि क्रियाशिल रहेको बताए ।
















आज महाशिवरात्रि पर्व : पशुपति दर्शनका तीन बाहिरी लाइन,चारवटै ढोका खुला
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज २६३औँ सेना दिवस मनाइँदै
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
इटालीलाई नेपालले दियाे १२४ रनकाे लक्ष्य
प्रतिक्रिया