नेपाललाई हराएपनि किन खुसी छैनन् भारतका कप्तान रोहित शर्मा ?
मेरोन्यूज
२०८० भदौ १९ गते १३:४८

काठमाडौं । एसिया कपअन्तर्गत नेपाल र भारतबीचको खेलमा नेपाललाई हराएपनि भारतीय टीमका कप्तान रोहित शर्मा खुसी छैनन् ।
सोमबार श्रीलंकामा भएको खेलमा पहिलोपटक भारतसँग खेलेको नेपाल १० विकेटले पराजित भएको थियो ।
खेलपछि भारतका कप्तान रोहितले नेपाललाई हराएपनि आफु खेलाडीको प्रदर्शनबाट सन्तुष्ट नएको बताएका छन् । उनले भने, ‘हामीले आज उत्कृष्ट खेल्न सकेनौँ’ । ‘पहिलो खेलमा दबाबमा हुँदा हार्दिक पाण्ड्या र इशान (किशन) ले हामीलाई राम्रो स्थितिमा पुर्याए। आज हाम्रो बलिङ राम्रो थियो तर फिल्डिङ अपेक्षाभन्दा कम थियो।’
कप्तान शर्माले आगामी सुपर–४ चरणका लागि भारतीय टोलीले थप सुधार गर्नुपर्ने बताए ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया