संसद्मा रहेका विधेयकबारे प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल
मेरोन्यूज
२०८० भदौ १९ गते १५:४४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री दाहालले बोलाएपछि ओली दिउँसो प्रधानमन्त्री कार्यालय पुगेका थिए ।
निकटस्थट स्रोतले संसद्मा छलफल क्रममा रहेका विधेयकलगायत समसामयिक राजनीतिबारे दुई नेताबीच कुराकानी भएको थियो ।
प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणहरुको सेरोफेरोमा छलफल पनि भएको स्रोतले बतायो ।
प्रधानमन्त्री दाहाल दुई सातापछि संयुक्त राष्ट्रसंघ तथा चीन भ्रमणमा जाने कार्यक्रम
तय भएको छ ।
दुई नेताबीच पौने २ बजेदेखि पौने ३ बजेसम्म भेट भएको थियो ।
सम्बन्धित

















एक करोड ९१ लाख मतपत्र छपाइ सकियो, अब करिब १२ लाख बाँकी
एक करोड ९१ लाख मतपत्र छपाइ सकियो, अब करिब १२ लाख बाँकी
प्रतिकूल मौसमले गोसाइँकुण्ड तीर्थयात्रा प्रभावित
Trial test of 132 kV transmission line begins
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
इटालीसँग नेपालको लज्जास्पद हार
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
इटालीलाई नेपालले दियाे १२४ रनकाे लक्ष्य
प्रतिक्रिया