चित्रबहादुर पथमा उभिए वामदेव !
प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संघीयता खारेज गरेर अघि बढ्नुपर्ने पार्टी निष्कर्ष

काठमाडौं । नेकपा एमालेबाट अलग भएर नेकपा एकता राष्ट्रिय अभियान पार्टी दर्ता गरेका वामदेव गौतम राष्ट्रिय जनमोर्चा पथमा उभिएको छ । पार्टीको दुई दिनसम्म ललितपुरमा चलेको केन्द्रीय कमिटि बैठकले राष्ट्रिय जनमोर्चाकै लाइनमा संघीयताको खारेजी हुनुपर्ने निश्कर्ष निकालेको छ ।
जनमोर्चा पनि संघीयताको विरोधमा छ ।
केन्द्रीय कमिटीको बैठकले संसदीय व्यवस्था असफल भएको निष्कर्ष निकाल्दै संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जानुपर्ने र संघीयता खारेज गरेर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको हो ।
महासचिव डिबी कार्कीले प्रदेश संरचना हटाएर स्थानीय तहलाई शक्तिशाली बनाउनुपर्ने उनले बताए ।
‘सरकार स्थिर नहुने, विकास निर्माणका काम नहुने, कुनै पनि योजना समयमा सम्पन्न नहुने, देशभित्र रोजगारी पनि नपाइने विद्यमान अवस्थाबाट देशले निकास पाउँदैन,’ उनले भने, ‘संसदीय व्यवस्था असफल भयो । अब रुपान्तरित व्यवस्थामा जानुपर्छ । संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जानुको विकल्प छैन ।’ गौतम राष्ट्रिय सभा सदस्य छन् ।
देशभर एउटा निर्वाचन क्षेत्र मानेर पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट २०५ जनाको संघीय संसद् बनाउने, निर्वाचित सांसद मन्त्री बन्न नपाउने, विज्ञबाट मन्त्री बनाउने पक्षमा पार्टी उभिएको कार्कीले बताए । प्रत्येक निकायमा योग्यता र क्षमताका आधारमा महिला र पुरुषको समान सहभागिता हुनुपर्ने पक्षमा पार्टी रहेको उनको भनाइ छ ।
तत्काल पार्टी एकता सम्भव नभएको निष्कर्ष निकाल्दै एकता अभियानले देशव्यापी रूपमा संगठन विस्तार गर्ने निर्णय पनि गरेको छ । ‘तत्कालका लागि उपाध्यक्षहरूले प्रदेश हेर्ने, तत्कालीन अञ्चललाई क्षेत्र मानेर पूर्णकालीन कार्यकर्ता खटाउने निर्णय भएको छ । जनतामा आधारित भएर उत्पादनमा भाग लिने नीति लिएका छौँ,’ कार्कीले भने ।
यसअघि गौतमले पार्टी एकताका लागि एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरूसँग छलफल गरेका थिए । तत्काल एकता सम्भव नभएको निष्कर्ष निकालेर संगठन सुदृढीकरणमा लाग्ने निर्णय भएको कार्कीले जानकारी दिए । एमाले, माओवादी र एकीकृत समाजवादीबीच एकता हुनुपर्ने पक्षमा गौतमले वकालत गर्दै आएका छन् ।
















आज महाशिवरात्रि पर्व : पशुपति दर्शनका तीन बाहिरी लाइन,चारवटै ढोका खुला
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज २६३औँ सेना दिवस मनाइँदै
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
आज कति छ सुनको भाउ ?
प्रतिक्रिया