आईसीसी महिला टि–२० : नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश
युएई समूह विजेता र नेपाल उपविजेता बन्दै अन्तिम चारमा

काठमाडौं । आईसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
समूह चरणको अन्तिम खेलमा नेपाल र युएईबीचको खेल वर्षाको कारण रद्द भएपछि नेपाल समूह उपविजेता बनेको हो। वर्षाको कारण टस समेत हुन नसकेपछि नेपाल र युएईले अंक बाँडेका हुन्।
दुवै टोलीले अंक बाँडेसँगै युएई समूह विजेता र नेपाल उपविजेता बन्दै अन्तिम चारमा पुगेका छन्।
५ खेलबाट समान ९ अंक भएपनि नेपाल नेट रनरेटमा पछि पर्दा समूह उपविजेता बनेको हो।
सेमिफाइनलमा नेपालले समूह ‘बी’ को विजेतासँग शुक्रबार खेल्नेछ। समूह ‘बी’ का थाइल्याण्ड र हङकङ बीचको खेलको विजेतासँग नेपालले अब सेमिफाइनलमा खेल्नेछ।
नेपालले फाइनलमा स्थान बनाउन सके ग्लोबल टि २० विश्वकप छनोटमा स्थान पक्का गर्नेछ।
समूह चरणमा नेपालले मलेसियालाई ५ रन, बहराइनलाई १० विकेट, भुटानलाई ३ विकेट र कतारलाई ९ विकेटले पराजित गरेको थियो।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया