कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वखानेपानीमन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ।
बुधबार दिउँसो काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब बाहिर सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले यादवमाथि खुकुरी प्रहार भएको जानकारी दिँदै उपचारका लागि यादवलाई ट्रमा सेन्टरमा लगिएको जानकारी दिए ।
रिपोर्टस क्लबको कार्यक्रम सकेर बाहिर निस्केका यादवमाथि खुकुर प्रहार भएको हो। यादवको टाउकोमा चोट लागेको छ।
‘उहाँलाई टाउकोमा खुकुरी प्रहार भएको रहेछ, उपचारका लागि ट्रमा सेन्टर लगिएको छ। बोल्न सक्नुहुन्छ,’ एसपी ढुंगेलले भने।
यादवमाथि खुकुरी प्रहार गरेको आरोपमा नुवाकोट घर भएका श्यामबाबु सापकोटालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले किन सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमण गरेका हुन् खुलिसकेको छैन।
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
प्रतिक्रिया