मालबाहक ढुवानी सवारीसाधनले मात्रै सामान बोक्न पाउनुपर्छः यातायात व्यवसायी

काठमाडौं । यातायात व्यवसायीहरुले प्रयोजन विपरितका सवारी साधनहरुले गरिरहेको मालबाहक ढुवानी तत्काल रोक्न सरकारसँग माग गरेका छन् ।
पछिल्लो समय एउटा प्रयोजनको लागि ल्याइएका सवारी साधनहरु मालबाहक वा यात्रुबाहक सवारी साधनको रुपमा प्रयोग बढेको भन्दै त्यस्तो प्रयोग तत्काल रोक्न व्यवसायीहरुले माग गरेका हुन् ।
यातायात व्यवसायीहरुले सरकारले सार्वजनिक यातायात र निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधनहरुमा प्रयोजन अनुसार प्रयोग भए/नभएको जाँच गरी कारबाही गर्न आग्रह गरेका छन् । उनीहरुले निजी प्रयोजनका लागि दर्ता भएको सवारी साधनले प्रयोजन विपरित यात्रा र ढुवानी सेवा दिन नपाउने कानूनी व्यवस्था रहेको बताए । साथै सार्वजनिक र निजी सवारी साधनको विषयमा स्पष्ट नीति फितलो हुँदा मालबाहक सवारी साधनहरु चल्न नसक्ने अवस्थामा रहेको बताए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले प्रयोजन विपरित चल्ने सवारी साधनहरुलाई सरकारले कडाई गर्नुपर्ने बताए । उनले कृषिमा सुविधा लिएर जोत्नको लागि सवारी साधन बनाएकोले कृषिको लागि दर्ता भएको ट्याक्टरले ढुवानी गर्न नपाउने दाबी गरे।
उपाध्यक्ष सिटौलाले बालुवा, गिट्टी, रड र सिमेन्ट बोक्नको लागि ट्याक्टर प्रयोग भइरहेको भन्दै सरकारले तत्काल रोक्नुपर्ने बताए । उनले निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधनहरुले मालबाहक सवारीका रुपमा ढुवानी गर्न पाउँदैन भनेर महासंघले सबै निकायहरुलाई पत्र पठाएको बताए ।
सरकारले भारतीय मालवाहक सवारी साधनलाई ७२ घण्टाको परमिट सुविधा दिनु गलत भएको सिटौलाको भनाइ छ । उनले ७२ घण्टामा त्यस्ता सवारी साधनहरु देश नै घुमिसक्ने भन्दै नेपालमा मालवाहक सवारी साधनहरु घर ग्यारेजमा थन्किनु परेको बताए ।
नेपाल यातायात राष्ट्रिय महासंघका कोषाध्यक्ष रामबाबुशिवु तामाङले सार्वजनिक यातायात व्यवसायीहरुलाई राज्यले दुश्मन बनाउने काम गरेको बताए । उनले यातायात ऐन अनुसार चलाउन राज्यले निदेशन गर्नुपर्ने बताए ।
कार्कीले सप्रमाण सहित प्रयोजन विपरितका सञ्चालन हुने सवारी साधनहरुलाई कारबाही न्युन रहेको भन्दै कडाईका साथ सरकारले कारबाही गर्न माग गरे । उनले प्रयोजन विपरित चल्ने सवारी साधन रोक्ने गरी सरकारी निकायहरु लाग्न आवश्यक रहेको बताए ।
निजी प्रयोजनका लागि लिएको सवारी साधन त्यही अनुसार प्रयोग गर्नुपर्छ यति अन्यन्त्र लगेर ढुवानी लगायतको काम गरेको भए राज्यले कारबाही गर्नुपर्छ’ उनले भने ।
त्यस्तै, नेपाल यातायात राष्ट्रिय महासंघको मालबाहक समिति सभापति नविन प्रजापतीले नेपालमा दिउँसोको समयमा मालवाहक सवारी साधनहरुलाई सञ्चालनमा प्रतिवन्ध लगाउनु गलत भएको बताए । उनले मालवाहकका ठूला टिप्परहरु बेलुका ९ बजेबाट बिहान ५ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने व्यवस्था तत्काल खारेज गर्न माग गरे ।
तामाङले राज्यलाई बुझाउनुपर्ने कर ३६५ दिन कै बुझाउने तर बेलुका ९ बजेबाट बिहान ५ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने व्यवस्था गैरजिम्मेवार रहेको बताए । उनले सरकारले उक्त निर्णय तत्काल फिर्ता लिएर विगतको जस्तै व्यवस्था लागू गर्न माग गरे ।
‘सवारी दुर्घटनापछि सरकारको बीमाको नीतिमा ३ लाखसम्म बीमाको पालिसीले कभर गर्ने ३ लाख पछिको औषधि उपचारमा व्यवसायी आफैँले तिर्न प्रावधान अव्यवहारिक छ । त्यसले करोडौ रुपैयाँसम्म बिरामीको उपचार गर्न लाग्ने अवस्था छ ।’ उनले भने ‘मालबाहक सवारी साधनलाई ट्राफिक प्रहरी र प्रहरीले ओभर लोड भनेर असाध्यै दुःख दिने काम गरेको छ ।’
त्यस्तै,दाङ ट्याक्टर व्यवसायी ढुवानी सेवा प्रा.लि.का अध्यक्ष चिन्तामणि आचार्यले सार्वजनिक यातायात र निजी सवारी साधनको विषयमा राज्यको नीति नियम नै फितलो रहेको बताए । उनले विगतमा ७ हेक्टर जमिन देखाएर मात्रै ट्याक्टरहरु खरिद गर्न पाउने व्यवस्था विगतमा रहेको बताए। उनले भने ‘केही वर्षपछि जग्गाको प्रावधान हटाएर घर धितो राख्दा बैंकले ऋण लगानी गरेर ट्याक्टर बजारमा आयो ।’
आचार्यले जुन प्रयोगको लागि दर्ता भएको सवारी साधन हो त्यही प्रयोजनको लागि प्रयोग गरे मात्रै मालबाहक ढुवानी व्यवसायीका सवारी बाहिर निस्कन पाउने अवस्था रहेको बताए । उनले जुनसुकै प्रयोजनमा दर्ता भएका सवारी साधनले ढुवानी र यात्रु सेवा दिँदा सार्वजनिक यातायात क्षेत्र मर्कामा पर्ने बताए ।










पक्राउ परेका श्रम संस्कृति पार्टीका उपाध्यक्ष तामाङ पार्टीबाट निलम्बित
नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट
कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्यु
चितवनमा जापानिज इन्सेफ्लाइटिसबाट पाँच महिनामा ६ जनाको मृत्यु
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
प्रतिक्रिया