अवैध साढे २० लाखसहित युवक पक्राउ
मेरोन्यूज
२०८० भदौ २२ गते २१:११

जनकपुरधाम । प्रहरीले स्रोत नखुलेको साढे २० लाख रूपैयाँसहित जनकपुरधामबाट भारतको बिहार राज्य जिल्ला दरभंगा थाना सिंहवाडा गाउँ लहेरिया सराय बस्ने २० वर्षीय राजेश साहलाई पक्राउ गरेको छ।
शुक्रबार दिउँसो भारतबाट नेपाली रूपैयाँ पैठारी गरी आफ्नो साथमा लुकाइछिपाइ ओसारपसार गरी ल्याइरहेको सूचनाका आधारमा जनकपुरधाम उपमहानगरपालिका ४ स्थित सडकबाट उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए।
उनका अनुसार राजेशले बोकेको झोला भित्रबाट नेपाली रूपैयाँ एक हजार दरको नोट १ हजार ८५० थान र पाँच सय दरको नोट ४ सय थान गरी २० लाख ५० हजार रूपैयाँ बरामद गरिएको छ।
बरामद गरिएको रकमसहित उनलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको प्रहरीले जनाएको छ।
सम्बन्धित
















‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन
उज्यालो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण : अध्यक्ष घिसिङ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया