शुक्रबार, माघ २३, २०८२

बाँकेमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा ७ जनाको मृत्यु, २५ बढी घाइते

मेरोन्यूज २०८० भदौ २३ गते ६:२८

काठमाडौं । बाँकेमा गएराति बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा २५ जना भन्दा धेरै घाइते भएका प्रहरीले जनाएको छ।

बाँकेको राप्ति सोनारी गाउँपालिका ८ शमशेरगन्जस्थित जंगलमा गएराति करिब साढे ९ बजे रोकिराखेको ना.८ ख ६४०५ ट्रकसँग तीव्र गतिमा रहेको ना ७ ख २३२१ नम्बरको बस ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

दुर्घटनामा ज्यान गुमाउने सबै एकै गाउँका भएका प्रहरीले जनाएको छ। घाइतेमध्ये दुई केहीको अवस्था गम्भीर छ।

घाइते सबैको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ।

प्रतिक्रिया