बाँके दुर्घटना : यी हुन् ज्यान गुमाउने सात जना

नेपालगन्ज । पूर्व पश्चिम राजमार्गमा पर्ने बाँकेको शम्शेरगन्ज नजिक बस दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुलेको छ ।
दाङबाट भ्रमण गरेर बर्दिया फर्किँदै गरेको ना७ख २३२१ नम्बरको बस राप्तीसोनारी गाउँपालिका–८ शमशेरगन्ज नजिकै रोकिराखेको ट्रकमा शुक्रबार राति ठोकिँदा उक्त दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्।
प्रहरीका अनुसार मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका ८ घर भएका बस चालक ४५ वर्षीय जोग बहादुर चन्द, बर्दियाको बारबर्दिया नगरपालिका ७ रम्मापुरक घर भएका सहचालक ३४ वर्षीय वसन्त कार्की, बर्दियाको ठाकुरबाबा नगरपालिका ९ का ५० वर्षीय काशिराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, ४० वर्षीया जयन्ती थारु र ७० वर्षीय चानुराम थारु रहेका छन् ।
दुर्घटनामा घाइते भएकाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
प्रतिक्रिया