बाढीपहिरोबाट आज यी राजमार्ग छन् अवरूद्ध

काठमाडौं। बाढीपहिरोबाट ३ वटा राष्ट्रिय राजमार्ग अवरूद्ध भएका छन् । सडक विभागले दिएको जानकारीअनुसार तानसेन–रिडी–कोरला सडक पहिरोका कारण अवरूद्ध छ।
त्यस्तै तमोर करीडोरअन्तर्गतचतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने सडक पाँचथरको माझिटारस्थितहेवाखोलामा अवरुद्ध छ।
सडक विभागले पुष्पलाल मध्यपहाडी राजमार्ग खोटाङमा अवरूद्ध रहेको बताएको छ। हलेसी नगरपालिकाले उपकरण प्रयोग गरेर सडक सञ्चालनको प्रयास गरिरहेको पनि विभागले जानकारी दिएको छ।
डुम्रे–बेशीसहर–चामे, रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले,लेघुवाघाट–तुम्लिङ्गटार–खाँदवारी–नुम–किमाथाङ्का जोड्ने कोशी राजमार्गअन्तर्गतको सडक एकतर्फी रहेको विभागले बताएको छ।
डुम्रे–बेशीसहर–चाम सडक लम्जुङको खरखरे भीरमा एकतर्फी रहेको छ। त्यस्तै सिद्धार्थ राजमार्गअन्तर्गत बेलहिया–भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङ्जा–पोखरा जोड्ने सडक पाल्पाको हिउँदे खोला, तिनाउ हाइड्रोपावर ड्याम नजिकै एकतर्फी रहेको छ।
कर्णाली राजमार्गअन्तर्गत जमुनाहा–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा जोड्ने सडक दैलेखको दहीखोलामा एकतर्फी रहेको विभागले जानकारी दिएको छ।
त्यस्तै, दिक्तेल–सोलु–जुनबेंसी–खहरे–जिरीबजार–तामाकोशी–चरीकोट–खाडीचौर सडक दोलखाको खावामा एकतर्फी रहेको छ।
मनसुनजन्य गतिविधि सुरु भएयता २९ वटा राजमार्गको २ सय ७२ स्थानमा अवरूद्ध भएयता २ सय १४ ठाउँमा दुवैतर्फ सञ्चालनमा आइसकेको छ।
यस वर्षको बाढीपहिरोले राजमार्गहरूमा ३९ करोड ६६ लाख ५० हजार रुपैयाँ बराबर क्षति पुर्याएको विभागले अद्यावधिक गरेको विवरणमा उल्लेख छ।










बल्खुमा ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
यू–१९ एसिया कप : नेपालले अफगानिस्तानलाई दियो १२५ रनको लक्ष्य
काठमाडौँ-७ बाट कांग्रेसका १९ उम्मेदवार सिफारिस
पक्राउ परेका श्रम संस्कृति पार्टीका उपाध्यक्ष तामाङ पार्टीबाट निलम्बित
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
प्रतिक्रिया