ललिता निवास प्रकरणमा आज थुनछेक आदेश आउन सक्ने
मेरोन्यूज
२०८० भदौ २४ गते ९:४५

काठमाडौं। ललिता निवासको जग्गा हिनामिना प्रकरणको मुद्दामा आइतबार थुनछेक आदेश आउन सक्ने सम्भावना रहेको छ ।
हिरासतमा रहेका १८ मध्ये १७ जना प्रतिवादीका तर्फबाट प्रतिरक्षा बहस शुक्रबार नै सकिएको छ। आइतबार शुरु मै समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरेका तर्फबाट वकिलहरूले काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासमा बहस थाल्नेछन् ।
उनको प्रतिरक्षामा बहस सकिएलगत्तै जाहेरीकर्ताका तर्फबाट र सरकारी वकिलले जबाफी बहस गर्नेछन् । त्यसपछि समय पुगेमा हिरासतमा रहेका १८ प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी माग वा साधारण तारेखमा रिहा गर्ने भन्ने थुनछेक आदेश हुनेछ।
मिलेमतोमा ललिता निवासको जग्गा नक्कली मोही खडा गरेर व्यक्तिको नाममा गराएको पाइएको छ। २०४९ सालदेखि २०६९ सम्ममा जग्गा हिनामिना भएको हो ।
सम्बन्धित
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
प्रतिक्रिया