शुक्रबार, माघ २३, २०८२

ललिता निवास प्रकरणमा थुनामा रहेका १७ जना धरौटीमा रिहा

मेरोन्यूज २०८० भदौ २४ गते १६:१९

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा थुनामा रहेका १७ जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।

थुनामा रहेका १८ जनामध्ये केशव तुलाधरलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

इजलासले गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

त्यस्तै इजलासले शिवजी भट्टसँग ३ लाख ३० हजार, रुद्र कुमार श्रेष्ठसँग ७ लाख ५० हजार, बालकृष्ण श्रेष्ठसँग ७ लाख ५० हजार, कलाधर देउजासँग १५ लाख, घमन कुमार कार्कीसँग ७ लाख ५० हजार, गोपाल कार्कीसँग ७ लाख ५० हजार,
विनोद पौडेलसँग १५ लाख, योगराज पौडेलसँग ७ लाख ५० हजार धरौटी माग गरेको छ ।

त्यस्तै नारायणराज मिश्रसँग ७ लाख ५० हजार, अरुण कुमार श्रेष्ठसँग ७ लाख ५० हजार, ध्रुवप्रसाद अर्यालसँग ३ लाख ३० हजार, बाबुराजा महर्जनसँग १ लख १० हजार, देवनारायण महर्जनसँग १ लाख १० हजार, सकलानन्द महर्जनसँग १ लाख १० हजार, सञ्जयकुमार महर्जनसँग १ लाख १० हजार लोकहरि घिमिरेसँग ७ लाख ५० हजार धरौटी इजलासले मागेको छ ।

प्रतिक्रिया